प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसद्वारा भारतकालागी नेपाली राजदूत बोलाउने सरकारी निर्णयको बिरोध

२५ बैशाख २०७३, शनिबार २०:५३ मा प्रकाशित

काठमाडौ, २५ बैशाख । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भारतकालागी नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय पछाडिको कारण सरकारसँग मागेको छ ।
व्यवस्थापिका संसदको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले राजदूत उपाध्ययलाई फिर्ता बोलाउनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने माग गर्दै सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाए ।
उनले सरकारले राजदुत उपाध्यायमाथि अनावश्यक लाच्छना लगाएर सरकारले प्रतिशोध साधेको दावी गर्दै राजदूत फिर्ता गर्दा परराष्ट्र मामिलामा कमजोर भएको तर्क गरेका थिए ।
महतले् संविधान र संसदीय नियमावली अनुसार संसदमा रहेका राजनीतिक दलहरुले सरकार बनाउन र बदल्न सक्ने व्यवस्था रहेको अवस्थामा एउटा छिमेकी देशका लागि नियुक्त कुटनीतिक प्रतिनिधिले सरकार बदल्न क्रियाशिल भएको आरोप लगाउनु आपत्ति जनक विषय भएको भन्दै सरकार परिवर्तनको खेल राजदूतले उक्साएकै भरमा गरेको हो होइन सदन समक्ष स्पष्टीकरण दिन प्रचण्डसँग पनि भाग गरे ।
उनले सरकारले राष्ट्रपतिको आसन्न भ्रमण एकाएक स्थगित गर्दै राजदूतमाथि दोष थोपारेर फिर्ता बोलाउने कार्यले छिमेकी राष्ट्रसँगको कुटनीतिक सम्बन्धमा नकारात्मक असर पारेको समेत दावी गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने हुनु भएको छ । सत्ता