नेपाली जनसम्पर्क समिति क्यानडाको नयाँ कार्यसमिति गठन

२४ बैशाख २०७३, शुक्रबार २२:१८ मा प्रकाशित

राजु थापा, टोरोन्टो । अन्टारीयोको गुयल्फ शहरमा बसेको नेपाली जनसम्पर्क समिति क्यानडाका बोर्डअफ डाईरेक्टर्सहरुको बैठकले ३ बर्षका लागि बुद्धि प्रकाश ओलीको अध्यक्षतामा पुन: १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

नब गठित कार्यसमिति
सभापतिः बुद्धि प्रकाश ओली
चिअरः केशवप्रसाद सापकोटा
बरिष्ठ उपसभापतिः सुरेन्द्र खड्का
उपसभापतिः बाबुराम लामिछाने
उपसभापतिः गुरु श्रेष्ठ
महामन्त्रीः दीपक मोहन भट्टराई
सहमहामन्त्रीः सुरेश रजौरे
कोशाध्यक्षः युबराज शर्मा
प्रबक्ताः राजु थापा
सदस्यः नारायण घिमिरे
सदस्यः अनिल महत
सदस्यः सरिता बस्नेत बानिया
सदस्यः लिला भण्डारी रहनु भएको छ ।

स्मरण रहोस्, नेपाली जनसम्पर्क समिति, क्यानडाको प्रथम अधिबेशन गत अक्टोबर १८, २०१५ मा ग्रेटर टोरोन्टोको मिसिसागा सहरमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य ओमकार प्रशाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्नभै १३ जना बोर्डअफ डाईरेक्टर निर्विरोध निर्वाचित भएका थिए भने सभासद तथा तात्कालीन नेपाली कांग्रेका केन्द्रिय सदस्य तथा जनसम्पर्क समिति समन्वय विभाग प्रमुख अर्जुन जोशीको प्रमुख आतिथ्य बाट २८ नोभेम्वर २०१५ मा ग्रेटर टोरोन्टोको मिसिसागा सहरमा भएको दोश्रो चरनको अधिबेशन तथा
अन्तरकृया कार्यक्रम मार्फत निर्वाचित बोर्डअफ डाइरेक्टरको अनुमोदन गरि कार्यसमिति गठन गर्न निर्देशन दिनु भएको थियो ।

नेपाली कांग्रेसको सिद्धान्त, आदर्श एवं मूल्यमान्यतालाई आत्मसात् गर्दै क्यानडामा बसोबास गर्ने गैरआवासीय नेपालीहरुलाई संगठित गरि मातृभूमिको सहयोग गर्न १४ फेब्रुअरि, २०१३ मा बुद्धी प्रकाश वलीको सभापतित्वमा नेपाली जनसम्पर्क तदर्थ समिति क्यानडा गठन गरिएको थियो र हाल क्यानेडियन फेडेरल कानुन अन्तर्गत दर्ता गरी काम गरिरहेको छ । अब, नव गठित नयां कार्यसमितिले नयां ढंगबाट अगाडी बढि आउदा दिनहरुमा सबै प्रजातन्त्र प्रेमी साथीहरुको भावना लाई समेटेर सबैको साथ र समर्थन प्राप्त गरि अगाडी बढ्नु पर्ने आबस्यकता र चुनौति देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र