कतार नेपाली एकता समाजले दोहामा श्रमिक दिबस मनायो

२३ बैशाख २०७३, बिहीबार २०:४० मा प्रकाशित

दोहा । बैशाख १९ गते २०७३ का दिन कतार नेपाली एकता समाजले दोहाको एक होटलमा कार्यक्रमको आयोजना गरि १२७ औं श्रमिक दिवस भब्यताका साथ श्रमिक दाजु भाइ तथा दिदीबहिनी हरुको बिच सम्पन्न गरेको छ । एकता समाजका महासचिव खिम बुढाको सन्चालन र एकता समाजका का.वा. अध्यक्ष मदन श्रीसको अध्यक्षता बाट सुरु भएको कार्यक्रममा ज्ञात अज्ञात सहिदहरु प्रति १ मिनेट मौनधारण पश्चात अघि बढेको थियो कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव अर्जुन थापाको प्रमुख अतिथि र कतार नेपाली एकता समाजका पूर्व उपाध्यक्ष दाबा लामा, कोषाध्यक्ष धन बहादुर परिया, सलाहकार हेम बस्नेत , सनैया ए एरिया समितिका अध्यक्ष बिष्णु आचार्य, दोहा एरिया समितिका अध्यक्ष गिरि काउछा, सनैया सी एरियाका कोषाध्यक्ष चित्र सुनार, सलता एरिया समितिका सलाहकार मिनराज पुन, बुद्धिजीवी बिभागका उपाध्यक्ष हरि शर्मा ,रक्तिम विभागका कोषाध्यक्ष गिर बहादुर कुँवर लगाएत एरिया र बिभागको लगायतका अतिथिहरुको प्रतिनिधित्व रहेको थिए भने यस कार्यक्रममा उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी हरुलाई समाजका सचिब बिष्णु थापाले स्वागत गर्नु भएको थियो ।

Doha Shram Diwas 1मन्तव्यको क्रममा कतार नेपाली एकता समाजका पूर्व उपाध्यक्ष दाबा लामाले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको लागि १ सय २७ वर्षअघि अमेरिकी शहर शिकागोमा भएको मजदुर आन्दोलन सफल भएको दिनलाई सम्झदै हरेक वर्ष मे १ मा अन्तर्राष्ट्रिय श्रमिक मनाउदै आएको र यसको महत्व बारे पस्ट पर्नु भएको थियो भने बुद्धिजीवी बिभागका उपाध्यक्ष हरि शर्माले हामी सम्पूर्ण मजदुरहरु सधै एक भएर साथमा साथ हातमा हात मिलाएर अघि बढ्नु पर्ने आजको आबस्यकता बताउनु भएको थियो । कतार नेपाली एकता समाजका कोषाध्यक्ष धन बहादुर परियारले मजदुरको प्रतिनिधित्व, सामाजिक सुरक्षाको व्यवस्था र श्रम कानुन सुधार लगायतका संविधानमै महिला, आदिवासी जनजाति, दलित र पिछडिएका वर्ग जस्तै मजदुर वर्गको पनि समान प्रतिनिधित्व हुनुपर्नेमा लगाएत मजदुरहरूले स्वच्छ श्रम सम्बन्ध र सामाजिक सुरक्षाका लागि पनि आवाज उठाउँनु पर्नेमा जोड दिनु भएको थियो ।

मजदूरहरु आफ्नो हकअधिकारको लागि सधै समाजप्रति कुनै विचलन नभईकन समाजमा लाग्न उपस्तिती सम्पूर्ण लाइ आग्रह पनि गर्नु भएको थियो । प्रमुख अतिथि अन्तराष्ट्रिय नेपाली एकता समाजका महासचिव अर्जुन थापाले विश्व मजदूर दिवसका अवसरमा मानव समाजको सुरुवातदेखि स्वतन्त्रता मानवअधिकार विधिको शासन र लोकतन्त्रका लागि भएका थुप्रै संघर्षमध्ये मजदूर आन्दोलनको विशेष महत्वरहेको चर्चा गर्दै श्रम गर्ने क्रममा माध्यम र प्रकृति फरक–फरक भएपनि सबै खाले श्रमको उचित कदर हुनु पर्ने बताउनु भएको थियो ।

कतार नेपाली एकता समाज केन्द्रिय समितिले ओयोजना गरेको यस कार्यक्रमको भने कार्यक्रमको अध्यक्षता गरिरहेका अध्यक्ष मदन श्रीसले आफनो मन्तव्य सहित कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र