भारतीय प्रधानमन्त्री मोदीको डिग्री फर्जी: मुख्यमन्त्री केजरिवाल

२३ बैशाख २०७३, बिहीबार १९:५० मा प्रकाशित

नयाँ दिल्ली, २३ बैशाख । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले भारतीय प्रधानमन्त्रीको स्नातक तहको प्रमाणपत्र नक्कली भएको आरोप लगाएका छन ।

प्रधानमन्त्रीले दिल्ली विश्वविद्यालयबाट स्नातक तहको अध्ययन गरेको बताइएपनि त्यहाा कुनै रेकर्ड नभएको दाबि आम आदमी पार्टीको छ । केन्द्रीय सूचना आयोगले गत साता दिल्ली विश्वविद्यालय र गुजरात विश्वविद्यालयलाई पत्र लेख्दै प्रधानमन्त्रीसँग सम्बन्धित सूचनाहरु सार्वजनिक गर्न भनेको थियो ।

सूचना आयोगले पत्र दिएपछि सो बारे बुझ्न बुधबार दिल्ली विश्वविद्यालय पुगेका आम आद्‍मी पार्टीका नेताहरु आशुतोष, राघव चड्डा र आशिष खेतानलाई रित्तो हात फर्काइएको थियो । विश्वविद्यालयका सूचना केन्द्रका प्रमुखले कानुनी रुपमा नै विवरण सार्वजनिक गरिने जानकारी उनीहरुलाई गराएका थिए । तत्पश्चात मुख्यमन्त्री केजरीवालले ट्वीट गर्दै प्रधानमन्त्रीले दिल्ली विश्वविद्यालयबाट स्नातक गरेको कुरा झुठो भएको दाबा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौं । ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ महानगरपालिकाले विद्यार्थी, शिक्षक वा अन्य कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भए मात्र विद्यालय बन्द गर्ने भएको छ । कामपाले