प्रचण्डको देउवालाई जवाफ, ‘तत्काल मेरो नेतृत्वमा सरकार बनाउन असम्भव’

प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्ने
२३ बैशाख २०७३, बिहीबार १२:३० मा प्रकाशित

काठमाडौं, २३ बैशाख । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफुलाई भेट्न लाजिम्पाटस्थित आफ्नै निवासमा आएका कांग्रेस सभापति शेरबहादुर देउवालाई नियमावलीमा समस्या देखिएको भन्दै तत्काल आफ्नो नेतृत्वमा सरकार बनाउन असम्भव भएको जवाफ दिएका छन् । बिहिबार बिहान नयाँ सरकार गठनबारे छलफल गर्न पुगेका सभापति देउवा सहितका काँग्रेस नेतालाई एमाओवादी अध्यक्ष दाहालले प्रस्तावका लागि कांग्रेसलाई औपचारिक धन्यवाद दिएर सत्ता समिकरणको नयाँ खेलमा काँग्रेसलाई साथ् नदिने सपष्ट संकेत गरेका हुन ।

काँग्रेस श्रोतका अनुसार बिहीबार विहान प्रचण्ड निवास पुगेका सभापति देउवासहितका नेतालाई अध्यक्ष दाहालले भने, ‘साथीहरूलाई मनाउन नसकिएको हुँदा आफ्नो नेतृत्वमा तत्काल नयाँ सरकार गठन गर्न नसकिने स्थिति आयो ।’

बैठकमा सहभागी काँग्रेस श्रोतका अनुसार एमाओवादी अध्यक्षले भने, ‘मैले साथीहरूलाई मनाउन सकिनँ, प्रस्तावका लागि तपाईंहरूलाई धन्यवाद, मेरो नेतृत्वमा अहिले सरकार बनाउन सकिएन ।’

प्रचण्डले देउवालाई भने, ‘संसदको नियमावलीमा गम्भीर त्रुटि रहेकोले अविश्वास प्रस्ताव लिएर जान परिस्थिति जटिल छ त्यसैले बजेटअघि सरकार गठन गर्न अगाडि नबढौं ।’

प्रधानमन्त्री ओलीले आज संसदलाई संसोधन गर्ने
उता प्रधानमन्त्री केपीशर्मा ओलीले आजको संसद बैठकमा विकसित राजनीतिक घटनाक्रमलाई लिएर सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज्ञा दिउँसो ३ बजे विकसित राजनीतिक घटनाक्रमलाई लिएर सम्बोधन गर्ने भएका हुन् ।

बुधबार एमोओवादीका अध्यक्ष प्रचण्डले एक विज्ञप्ती जारी गर्दै आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि आव्हान गरेपछि विकसित राजनीतिक घटनाक्रमलाई लिएर प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्ने भएका हुन् ।

आजै बिहान बसेको मन्त्रीपरिषदको बैठकमा एमाओवादी मन्त्रीहरु अनुपस्थित भएपछि मन्त्रीपरिषदको बैठकसमेत स्थगित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौँ । विश्वव्यापीरुपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ) नेपालले

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको