प्रचण्ड नेतृत्वको सरकार गठन गर्न काँग्रेसले हस्ताक्षर सहितको लिखित समर्थन दिदैं

२३ बैशाख २०७३, बिहीबार ११:१३ मा प्रकाशित

काठमाडौ, २३ बैशाख । संसदमा सबै भन्दा ठुलो दल नेपाली काग्रेसले आज लिखित रुपमै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन गर्न आवश्यक हस्ताक्षर सहितको लिखित समर्थन उपलब्ध गराउने भएको छ । काग्रेस संसदीय दलले सभासदहरुको हस्ताक्षर संकलन हिजोबाटै थालिसकेको छ । आज सबै सभासदहरुको समर्थन सहितको हस्ताक्षर एमाओवादी अध्यक्ष प्रचण्डलाई बुझाउने तयारी भईरहेको काग्रेस स्रोतले जनाएको छ । एमाओवादी अध्यक्ष प्रचण्डले बर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिनु अघि आफूलाई समर्थन गर्ने लिखित प्रतिबद्धता माग गरेपछि काग्रेसले त्यस्तो तयारी थालेको हो । यसअघि काग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डको नेतृत्वमा समर्थन गर्ने मौखिक प्रतिबद्धता ब्यक्त गरेपछि प्रचण्ड आफ्नो नेत्रित्वामा सरकार गठन गर्ने आन्तरिक तयारीमा जुटेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्