छत्रमानले किन यसो गरे ?

२१ असार २०६९, बिहीबार ११:३६ मा प्रकाशित


काठमाडौं, २१ असार । प्रधानसेनापति छत्रमान गुरुङको अवकाश मिति नजिकिंदै गर्दा तीन वर्षभित्र गुरुङबाट भए–गरेका कामहरूको सेनाभित्र चर्चा गर्न थालिएको छ । हालै चितवनको एक चेपाङ परिवारको अनाथ बालकलाई अभिभावकत्व प्रदान गरिनुलाई गुरुङदम्पतीको राम्रो कामको रूपमा लिइए पनि सेनाभित्र सेनापतिले दर्शाएको व्यवहारलाई भने आमतप्काले सकारात्मक रूपमा लिएको देखिंदैन । उनीमाथि साम्प्रदायिक र जातिवादी भएको आरोप लागेको छ । गुरुङले सैन्य सङ्गठनभित्रको महŒवपूर्ण मानिने स्थानहरूमा खोजी–खोजी गुरुङलाई र गुरुङ नभए जनजाति समुदायका अन्य मानिसलाई जिम्मेवारी दिने गरेका थिए । सेनाको मेरुदण्ड मानिने कार्य विभागमा गौरवशमशेरलाई हटाएर उनले आफ्ना बहिनीज्वाइं दमन घलेलाई राखेका थिए । त्यसैगरी डीएमआईमा विजय मोक्तानलाई र सैनिकसचिवमा पे्रम थापामगरलाई चयन गरिएको थियो, जो अझै उक्त स्थानमा कार्यरत छन् । सेनापतिको कार्यालयमा एउटा सुबेदारले गर्ने भित्री कामका लागि गुरुङले कर्णेल शिवशङ्कर गुरुङलाई राखेका छन् भने आर्थिक दृष्टिले महŒवपूर्ण मानिने सम्भारमा अवकाश पाउनुअघिसम्म राम गुरुङलाई राखेका थिए । आर्मी क्याम्पसको लियाजन अफिसरमा समेत गुरुङलाई राख्ने सेनापतिले रासनपानीको काम गर्ने क्वाटर मास्टर जनरलमा समेत गुरुङकै चयन गरेका थिए । प्रधानसेनापति भएपछि पूर्वसेनापतिहरूलाई आमन्त्रण गरी छलफल गर्ने परम्परालाई पनि सेनापति गुरुङले पालना गरेनन् । बरु तात्कालिक प्रधानमन्त्री माधवकुमार नेपालले पूर्वसेनाप्रमुखहरूलाई शशिभवनमा बोलाई प्रधानसेनापति गुरुङको उपस्थितिमा छलफल गरेका थिए । ज्ञातव्य छ, तात्कालिक प्रधानमन्त्री प्रचण्डले कुलबहादुर खड्कालाई अवाञ्छित तवरबाट सेनापति बनाउन खोज्दा त्यसबेलाका सेनापति रुक्माङ्गद कटवालले प्रतिरोध नगरेका भए छत्रमान गुरुङ प्रधानसेनापति बन्न असम्भव थियो । तर, गुरुङले आफू सेनापति बनिसकेपछि रुक्माङ्गदबाट भए–गरेका कामकारबाहीको चिनो मेट्न उच्च प्राथमिकता दिए । चिनो मेट्ने क्रममा उनले गरेका कार्यको केही उदाहरण निकै रोचक देखिन्छ । कटवालको कार्यकालमा नयां सडक (महाङ्काल) स्थित सैनिक अस्पताल रहेको ठाउंमा भव्य भवन निर्माण गरी त्यहां भेट्रान डाइग्नोसिस सेन्टर स्थापना गर्न तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शिलान्यास गरेका थिए । तर, त्यहां छत्रमानले शिलान्यासको चिनो मेट्दै नर्सिङ क्याम्पस खोलेका छन् । रुक्माङ्गदको समयमा देशको पांचवटै विकास क्षेत्रमा अवकाशप्राप्त सैनिकहरूका लागि अल्पकालिक बसोबाससमेत गर्न मिल्ने गरी गेस्टहाउस र क्लबको निर्माण गर्ने योजना बनेको थियो । सो योजनाअनुसार काठमाडौंको भण्डारखालमा सैनिक क्लब निर्माण गर्न तात्कालिक रक्षामन्त्री विद्यादेवी भण्डारीले भवनको शिलान्यास गरेकी थिइन् । अहिले भवन त तयार भएको छ, तर उक्त स्थानमा छत्रमानले मेडिकल कलेज सञ्चालन गराएका छन् । भक्तपुरको सैनिक क्याम्पसमा महिलाका लागि छात्रावास निर्माण गर्न तात्कालिक प्रधानसेनापति रुक्माङ्गद कटवालले शिलान्यास गरेका थिए । छत्रमानले पहिले भएको शिलान्यास स्थललाई खारेज गरी क्याम्पस परिसरकै अर्को कुनामा आफैंले शिलान्यास गरी भवन निर्माण गराएका छन् । कटवालकै हातबाट शिलान्यास भई धनगढीमा एउटा विद्यालय भवन निर्माण गरिएको थियो, कटवालबाट शिलान्यास भई निर्माण भएका कारण उक्त विद्यालय भवनको उद्घाटन छत्रमानले गरेनन् । कटवालले सेनापति भएका बेला बढुवाका लागि छत्रमान गुरुङको अध्यक्षतामा बोर्ड गठन भई उक्त बोर्डले राजु केसीलाई ब्रिगेडियरबाट मेजर जनरलमा बढुवा गर्ने सिफारिस गरेको थियो । तर, आफू सेनापति बन्नेबित्तिकै छत्रमानले उक्त बढुवा प्रक्रिया नै खारेज गरिदिए । सेनामा अवकाश हुंदै गरेका सेनापतिले भिजिटर्स बुक बनाई बाहिनी, गण, पृतना, शिक्षण संस्था आदिमा उपहारका रूपमा पठाउने चलन थियो र सोही परम्पराअनुसार रुक्माङ्गद कटवालले पनि पल्टनलाई भिजिटर्स बुक उपलब्ध गराएका थिए । छत्रमानले सेनापति बनेपछि उक्त भिजिटर्स बुक प्रयोगमा नल्याउन निर्देशन जारी गरेका थिए । देशको पहिचानसमेत समेटिने गरी लालीगुरांस फूल राखेर बनाइएको सैनिक पोसाकलाई छत्रमानले परिवर्तन गरी भारतीय सेनाका अधिकारीको जस्तै देखिने गरी लालीगुरांसको ठाउंमा ताराअङ्कित पोसाक प्रयोगमा ल्याएका छन् । छत्रमानले वीरेन्द्र सैनिक आवासीय माध्यमिक विद्यालयको नामबाट ‘वीरेन्द्र’ हटाउन लगाएका छन् । उनको यो ‘क्रान्तिकारी कदम’लाई माओवादी रिझाउने प्रयासका रूपमा अर्थ लगाइएको छ ।
आफ्नो जातीय समुदायका नभए पनि जनरल नेपालभूषण चन्दका प्रति भने छत्रमान गुरुङ सकारात्मक रहिआएका छन् । जनरल चन्दका ससुरा गडुलशमशेर जबरा र सेनापति गुरुङका ससुरा रत्नबहादुर गुरुङबीचको पुरानो सम्बन्धले चन्दका प्रति पनि गुरुङ सकारात्मक रहने परिस्थिति बनेको बताइन्छ । रत्नबहादुर चन्द नारायणी अञ्चलको अञ्चलाधीश हुंदा गडुलशमशेरको बारास्थित जग्गा जमिन दर्ता गराई लालपुर्जा लिइदिन रत्नबहादुरले सहयोग गरेका कारण पञ्चायतकालदेखि नै दुई परिवारबीच सुमधुर सम्बन्ध स्थापित भएको हो । त्यसैले रथी गौरवशमशेर जबराप्रति एकताका पूर्वाग्रह प्रकट हुंदा पनि रथी चन्दप्रति भने सेनापति अत्यन्त सकारात्मक थिए ।
प्रधानसेनापति छत्रमान गुरुङ आफैंमा सीधा र सरल स्वभावका भए पनि सेनापतिका रूपमा उनले दर्शाएको व्यवहारलाई सेनाभित्र सन्तोषजनक मानिएको छैन । अगामी साउन २४ गतेदेखि बिदामा बस्न लागेका उनले भदौ २४ गतेदेखि अवकाश पाउंदै छन् । सैन्य सूत्रबाट प्राप्त जानकारीअनुसार सेनापतिले अहिलेदेखि नै घर सर्ने काम सुरु गरिसकेका छन् । सेनापतिबाट अवकाश भएपछि उनी बागबजारस्थित आफ्नै घरमा फर्कंदै छन्, शशिभवनबाट सामान भने अहिलेदेखि नै सार्ने क्रम सुरु भइसकेको छ । तर, सामान भने उनले आफ्नो घरमा नलगी शशिभवनबाट ललितपुरस्थित आफ्ना सम्धी मीनबहादुर गुरुङको भाटभटेनी सपिङ मलको माथिल्लो तलामा लगी राख्न लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

म्याग्दी । पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा