सञ्चार मन्त्रालयको नियुक्तिप्रति अख्तियारको चासो

२२ बैशाख २०७३, बुधबार २३:३६ मा प्रकाशित

काठमाडौँ, २२ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रेस काउन्सिलमा गरिएको नियुक्तिमा चासो देखाएको छ ।

आयोगले आज एक विज्ञप्ति प्रकाशित गरी सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको काउन्सिलको सदस्यमा हालै गरेको नियुक्ति आयोगको गत वैशाख १५ गतेको निर्णयको प्रतिकूल देखिएकाले चासो देखाएको जनाएको छ । आयोगका प्रवक्ता कृष्णहरि पुस्करकाअनुसार आयोगको पूर्वनिर्णयको प्रतिकूल देखिएकाले सूचना तथा सञ्चारमन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै आज पत्र पठाइएको जानकारी दिनुभयो ।

उहाँले आयोगको ऐन, २०४८ को दफा २८ बमोजिम पत्र पठाइएको उल्लेख गर्नुभयो । आयोगले सरकारी निकायअन्तर्गत नियुक्ति गर्दा मन्त्रिपरिषद्बाट गर्न निर्देशन दिएको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला

काठमाडौं । हालै भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वादेश फर्किएका उनीहरुले