आफ्नो नेतृत्वको सरकारलाई सहयोग गर्न एमाओवादीद्धारा एमालेलाई आग्रह

२२ बैशाख २०७३, बुधबार २३:३३ मा प्रकाशित

काठमाडौँ, २२ वैशाख । सत्तारुढ नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) बीच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ अबेर भएको छलफलमा सत्ता साझेदार प्रमुख एमाओवादीले आफ्नो नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्न आग्रह गरेको छ ।

सत्ता नेतृत्वकर्ता एमालेले भने वर्तमान गठबन्धनलाई बलियो बनाएर लैजानुपर्ने धारणा राखेको थियो । तर एमाओवादीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि आफ्नो नेतृत्वमा सरकार गठनका लागि छलफल गर्न खुला रहेको भन्दै समर्थन गरिदिन आग्रह गरेको बुझिएको छ ।

भेटमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु तथा एमाओवादीकातर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेताको सहभागिता थियो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने हुनु भएको छ । सत्ता