कान्छी बनेर भित्रिंदा जेलमै सुत्केरी

२१ असार २०६९, बिहीबार ११:१९ मा प्रकाशित


दाङ, असार २१ । दाङको हापुर गाविस– ४ निवासी शिवा सार्की गत वैशाख ४ गते जेल परिन् । कान्छी श्रीमती बनेर घर भित्रेकी उनलाई तुलसीपुरस्थित कारागारमा थुनिनु प¥यो । विहेपछि सुन्दर संसार सजाउने सपना जो–कोहीको हुन्छ तर शिवाको सपना विपनामा अर्कै भयो, स्थानीय दल बहादुर नेपालीसँग विहे गरेकी उनी दिल वहादुरकी कान्छी श्रीमती भइन् । उनलाई वहुविवाहको मुद्दा लाग्यो । श्रीमान–श्रीमतीसँगै जेल परे । तर, जेल फरक–फरक । श्रीमान दलवहादुर घोराहीस्थित कारागारमा थुनिए भने श्रीमती शिवा तुलसीपुरस्थित कारागारमा । तुलसीपुर कारागारमा थुनिएकी गर्भवती शिवालाई असार ८ गते व्यथाले च्याप्यो । त्यो वेला न त उनका श्रीमानसँगै थिए न त कोही आफन्त नै । चार भित्ताले घेरिएको बन्द कोठामा दिउँसो २ वजे शिवाले छोरालाई जन्म दिइन् ।
‘गएको ८ गते उहाँलाई व्यथाले च्यापेछ, अनि हामीले उहाँको विशेष ख्याल ग¥यौं’, कारागारका निमित्त जेलर उदय डांगीले भने ‘केस नर्मल भयो ।’ छोरालाई जेलभित्रै जन्म दिएकी शिवा सुत्केरी बस्न माईतीमा जान पनि पाइनन् । उनले आफ्नो नवजात शिशुको स्याहारसुसार जेलभित्रै गरिरहेकी छिन् ।
कारागारका निमित्त जेलर डांगीका अनुसार कारागारमा थुनिएका सुत्केरी महिलाहरुलाई पनि आफन्तीको जान दिने व्यवस्था कानुनमा छैन । ‘सुत्केरी महिलाहरुलाई बाहिर पठाउन दिने कानुनी व्यवस्था छैन’ उनले भने, ‘त्यही भएर उहांलाई पनि जान नदिइएको हो ।’ डांगीका अनुसार अहिले आमा छोरा स्वस्थ छन् । ‘उहाँहरु आमा छोराको स्वास्थ्यमा कुनै समस्या छैन’ उनले भने ‘स्वस्थ हुनुहुन्छ ।’ सुत्केरी आमा र छोराको स्याहारसुसारका लागि कारागारले त्यही रहेका महिलाहरुलाई जिम्मेवारी दिएको छ । कारागारले कारागारकी शान्ता ओलीलाई शिवा र उनको छोराको रेखदेख गर्नकै लागि जिम्मा दिएको छ । उनी महिला नाईके पनि हुन् ।
‘शिवा र उहाँको छोराको रेखदेखका लागि हामीले त्यहिका महिलाहरुलाई जिम्मा दिएका छौँ, अझ महिला नाईने शान्ती ओलीले उहाँलाई धेरै सहयोग गर्नुभएको छ, उहाँहरुको खानपिनदेखि लिएर सबै कुराको ख्याल गरिरहनु भएको छ’, डांगीले भने । महिला नाईके शान्ता विजौरी निवासी हुन् ।
त्यसैगरी आफूहरुले पनि दिनमा २ पटक उनीहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिन अनुगमन गरिरहेको उनले जानकारी दिए । उक्त कारागारमा अहिले १६ बन्दी महिलाहरु छन् । त्यसैगरी २ वालिका र एक नावालक छन् । वहुविवाह मुद्दा लागेका शिवा र उनका श्रीमान दलवहादुरलाई १ वर्ष जेल र ५ हजार रुपैयां जरिवाना तोकिएको छ । दलवहादुरकी जेठी श्रीमतीले उनीहरु विरुद्ध वहुविवाह मुद्दा हालेकी थिईन् । उक्त मुद्दामा जिल्ला अदालतले दलवहादुर र शिवालाई एक एक वर्ष जेल र ५ , ५ हजार रुपैयां जरिवाना सुनाएको थियो । अदालतको उक्त फैसला लगत्तै दुवै जनालाई कारागार जलान गरिएको हो । तर दुई दम्पति फरक फरक स्थानका कारागारमा थुनिए । ‘हुन त दुवै जना घोराही कारागारमा थुनिनु पर्ने हो तर त्यहां महिलाहरुलाई राख्ने व्यवस्था छैन’ डांगीले भने ‘त्यही भएर श्रीमानलाई घोराही र श्रीमतीलाई तुलसीपुर कारागारमा राखिएको हो ।’ यसैबीच मानव अधिकार तथा शान्ति समाज दाङले शिवालाई सुत्केरी सामाग्री वितरण गरेको छ । उक्त टोलीले शिवालाई कपडालत्ता, पौष्टिक आहार लगायतका सामाग्री प्रदान गरेको हो । साथै वच्चाको लागि समेत न्यानो कपडा दिइएको थियो । मानव अधिकार तथा शान्ति समाजका सभापति सुशील वस्नेतको नेतृत्वमा सुत्केरी सामाग्री वितरणका लागी टोली कारागारमा पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको