कम्युनिष्ट सरकारद्वारा नेपालका सुभचिन्तक क्यानेडियन नागरिक रोबर्ट पेनरलाई देश निकाला

२२ बैशाख २०७३, बुधबार ०६:१३ मा प्रकाशित

काठमाडौं, २२ वैशाख । नेपालमा कार्यरत, नेपाल र नेपालीका सुभचिन्तक क्यानेडियन नागरिक रोबर्ट पेनरलाई कम्युनिष्ट नेतृत्वको नेपाल सरकारले अध्यागमन विभागद्वारा जारि गरिएको पर्यटकीय भिसाको शर्त उल्लङ्घन गरेको आरोप लगाउदै दुई दिनको अल्टिमेटम सहित देश निकाला गरेको छ । अध्यागमन विभागको आरोप अनुसार पेनर वर्किङ भिसामा नेपाल आएर अनुमति नलिइकन ‘अन्य’ कामहरू पनि गर्दै आएकाले दुई दिनको अल्टिमेटम सहित देश निकाला गरिएको हो ।

R penar Twitter

यद्यपि नेपालको केन्द्रिय सत्ताले मधेसी समुदायलाई गरेको उपेक्षा र अपहेलना बारे सामाजिक संजालमा आफ्नो निजि विचार अभिव्यक्त गरेकै कारण नेपाल र नेपालीका सुभचिन्तक क्यानेडियन नागरिक एवं सूचना-प्रबिधिको क्षेत्रमा कार्यरत रोबर्ट पेनरलाई कम्युनिष्ट सरकारले देश निकाला गरेको हो । तर कम्युनिष्ट सरकारको अध्यागमन बिभाग उनले उलंघन गरेको भनिएको अन्य कामहरु भनेको के हो भन्ने विषयमा अहिलेसम्म मौन रहेको छ । नेपाल र नेपालीलाई औधी माया गर्ने क्यानेडियन नागरिक पेनर ‘क्लाउड फ्याक्ट्री’ नाम गरेको सूचना प्रविधि सम्वन्धी संस्थामा काम गर्दै आएका थिए ।

अध्यागमन बिभाग प्रमुख केदार न्यौपानेले संचार माध्यमसंगको भेटमा भनेका छन, ‘हामीले आज उनीमाथि लागेको आरोपको अनुसन्धान गर्‍यौ। अनुसन्धानले आरोप पुष्टी भएकाले दुई दिन भित्र नेपाल छाड्न आदेश दिएका छौं,‘देश छाड्न भोलि र पर्सि गरी दुई दिनको समय हामीले दिएका छौं । नेपाल छाड्ने तयारी गरून् भनेर दुई दिनको समय दिएका हौँ ।’

सरकारको ठाडो आदेशमा विभागले गरेको निर्णय अनुसार पेनरले बुधबार सम्ममा नेपाल छाडिसक्नुपर्ने छ । अध्यागमन विभागका अनुसार पेनरलाई युनाइटेड मिसन टु नेपालमा काम गर्ने उनका बाबुका साथीलाई जिम्मा लगाईएको छ ।

अस्ति पक्राउ परेका पेनरले आफूलाई प्रहरीले पक्राउ गर्नुको कुनै लिखित कारण उल्लेख नगरेको सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनको सार्वजनिक अभिव्यक्तिलाई लिएर सामाजिक संजाल टुइटरमा समेत सार्वजनिक बहस सुरु भएको थियो ।

नेपाल र नेपालीका अनन्य मित्र पेनरले सामाजिक संजालमा कम्युनिष्ट सरकारले मधेशमा गरेको आदिम युगको बर्बर ब्यबहारको सामाजिक सञ्जाल टुइटरमा टिप्पणी, बहस र अन्तर संवाद समेत गर्दै आएका थिए ।

स्मरण रहोस विश्व प्रेस स्वतन्त्रता दिवसको अघिल्लो दिन पक्राउ परेका पेनर सुचना र प्रविधिको क्षेत्रमा कार्यरत प्राविधिक हुन् । यस अघि माओवादी जनयुद्धका नाउँमा दर्जनौ पत्रकार लुटिएका, कुटिएका र जिन्दगि गुमाउनु परेको नेपालमा हालै कम्युनिष्ट सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीद्वारा खोजि गरिएका अपराधी दिपक पाठकलाई प्रेश काउन्शिल नेपालको बोर्ड सदश्य नियुक्त गरेर प्रेश स्वतन्त्रताको उपेक्षा गर्दै अपराधी मार्फत प्रेशलाई नियन्त्रण गर्ने आफ्नो अभिष्ट सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काठमाडौं । पार्टी ह्वीप उल्लंघन गर्ने कर्णाली प्रदेशका चार जना सांसदलाई प्रदेश संसदीय दलले कारबाही सिफारिस गरेको छ । माओवादी

काठमाडौं । ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण