साहित्यकार तिगेलाले लण्डन म्याराथन दौडबाट ३ लाख उठाए

२१ बैशाख २०७३, मंगलवार २२:०२ मा प्रकाशित

लण्डन । गत २४ अप्रिल २०१६ का दिन आयोजित विश्व कै ठूलो मध्येको एक लण्डन म्याराथन २०१६ च्यारिटी दौडबाट साहित्यकार विश्वास दीप तिगेलाले १०३ सहयोगी दाताहरुबाट नेरु ३ लाख २७ हजार उठाएका छन् ।

तिगेलाले ४२.१६ किलोमिटर दुरीलाई निरन्तर ५ घण्टा र ५ मिनेटमा पारगरेका थिए । नेपालबाट भारतका सर्कसहरुमा वेचिएका नेपाली वालबच्चाहरुको उद्धार गर्ने चाइल्ड रेस्क्यू नेपाल ट्रष्टको सहयोगार्थ तिगेलाले च्यारिटी संकलन गरेका हुन । यस बर्षको म्याराथनमा सहभागिता जनाउन विश्वभरबाट साढे दुईलाखले आवेदन भरेपनि ३९ हजारले मात्र दौडने अवसर प्राप्त गरेका थिए । युकेमा रहेका नेपालीहरु मध्ये तिगेला लगायत मेजर प्रेम आले, जगत नवोदित र प्रियम्दा पौडेलले सहभागिता जनाएका थिए ।

म्याराथनमा प्रथम हुने केन्याली धावक इलियुड किपचोजले विश्व रेकर्ड तोडदै १० लाख युएस डलर जित्न सफल बने भने ब्रिट्रिस सेनाका क्याप्टेन डेभिड सेठ दौड पुरा गर्न जोडबल गरेकै कारण दुरी पुरा नहुदै निधन भयो । यस म्याराथनमा सहभागिता पाउनु र दुरी पुरा गर्नुलाई विश्वभर ठूलो सम्मानको रुपमा हेरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो

जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने