छाया

भीष्म उप्रेती
२१ बैशाख २०७३, मंगलवार २१:४४ मा प्रकाशित

यो छाया पनि मेरै हो ।
मेरै पाउबाट शुरु भएर
घामले छोएको भन्दा उल्टो दिशामा
तन्किँदै गएको यसको
मेरैजस्तो हात छ
मेरैजस्तो खुट्टा छ
म जता जाऊँ
मेरै अघि वा पछि गर्दै
मसँगसँगै हिँडिरहन्छ ।

नियालेर हेर्छु छायालाई
टाउकोको डल्लो मेरैजस्तो भए पनि
छायाको मेरोजस्तो अनुहार छैन
छायाको मेरोजस्तो रङ छैन
छायाको मेरोजस्तो गन्ध पनि छैन ।

हुन त यो छाया पनि मेरै हो
तर म भने छाया होइन
कदापि होइन ।

प्रतिक्रिया
सम्बन्धित खवर

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो

जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने

काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जु¥यो ।