ब्राजिलमा सत्ता हस्तान्तरणको तयारी

२१ बैशाख २०७३, मंगलवार २१:३४ मा प्रकाशित

रियो डि जेनेरियो, २१ वैशाख । ब्राजिलकी उप राष्ट्रपति मिसेल टेमर वर्तमान राष्ट्रपति डिल्मा रुसेफबाट सम्भावित सत्ता हस्तान्तरणको तयारीका क्रममा विभिन्न क्षेत्रका नेताहरुसँग छलफलमा व्यस्त रहनु भएको छ ।

टेमरले सोमबार केन्द्रिय बैंकका पूर्व अध्यक्ष हेन्रीक्जे मैरेल्लस आर्थिक निती र आफ्नो सम्भावित प्रशासनको विषयमा छलफल गर्नुभएको ब्राजिलको समाचार समितिले जानकारी दिएको छ ।

रुसेफ राष्ट्रपति पदबाट निलम्बन भएपछि सत्ता लिने तयारीको लागि केही हप्तायता टेमर विभिन्न नेताहरुसँग छलफलमा व्यस्त रहनु भएको छ ।

करिब दुई हप्ता अगाडि ब्राजिल संसदको तल्लो ससद् “च्याम्बर अफ टेप्युटिज” मा दुई तिहाई भन्दा बढी सदस्यले राष्ट्रपति डिल्मा रुसेफविरुद्ध दर्ता गराएको महाअभियोग समर्थनमा मतदान गरेका थिए ।

संसदको तल्लो सदन–‘च्याम्बर अफ डेप्युटिज’ का दुई तिहाई भन्दा बढी सांसद अर्थात ३४२ जनाले महाअभियोग लगाउनुपर्ने पक्षमा मतदान गरेका थिए ।

त्यसपछि कुनै पनि दिनमा संसदले राष्ट्रपतिमाथि महाअभियोग लागेको औँपचारिक घोषणा गर्न मिल्ने भएको थियो ।

ब्राजिलमा राष्ट्रपति महाअभियोग प्रमाणित हुन संसदको दुई तिहाई मत आवश्यक छ । परिणामस्वरुप वर्तमान राष्ट्रपति रुसेफ निष्कासित हुनु हुने छ ।

ब्राजिल संसदको उच्च आयोगले रुसेफमाथि लागेको महाअभियोगको प्रक्रिया अगाडि बढाउने छ ।

महाअभियोग प्रक्रियाको सुनुवाई सुरु भएपछि रुसेफलाई १८० दिनको लागि निलम्बन गर्न सकिने प्रावधान रहेको छ ।

राष्ट्रपति निलम्बन भएको यस अवधीमा उप राष्ट्रपति मिसेललाई कार्यबाहक राष्ट्रपतिको कार्यभार सुम्पिइने बताइएको छ

प्रतिक्रिया
सम्बन्धित खवर

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार

प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उहाँको आफ्नै नगर काउन्सिलले निलम्बन गगरेको