जर्मनीको एकर्नफोर्डमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सिमोनलाई कास्य

२१ बैशाख २०७३, मंगलवार २०:४९ मा प्रकाशित

काठमाडौं, २१ वैशाख । जर्मनीको एकर्नफोर्डमा भएको वादो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाली कराते खेलाडी सिमोन खत्रीले कास्य पदक जितेका छन् ।

हालै सम्पन्न उक्त प्रतियोगिताको खुला तौल समूहमा खत्रीले कास्य जितेका नेपाल कराते महासङ्घका महासचिव एवम् वादोरियोका प्रमुख प्रशिक्षक हरिशरण केसीले जानकारी दिनुभयो ।

सिमोन फिलिपिन्सको सान्तोरोसामा भएको तेस्रो निसिमुरा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागिता जनाई फिलिपिन्सबाटै अर्को प्रतियोगितामा सहभागी हुन जर्मनी गएका थिए । अप्रिल २३ देखि २४ तारिखसम्म फिलिपिन्समा भएको प्रतियोगिताको खुला तौल समूहमा भने सिमोनले रजत हात पारेका थिए ।

त्यस्तै उनी सन् २०११ मा भारतमा भएको चौथो दक्षिण एसियाली वादोरियो कराते प्रतियोगिताका स्वर्ण विजेता समेत हुन् । २०१३ मा भारतमै भएको पाँचौँ संस्करणमा पनि उनले पहिलो स्थान हात पारेका थिए ।

त्यसैगरी सन् २०१४ मा श्रीलङ्कामा भएको अन्तर्राष्ट्रिय वादोरियो कराते तथा २०१२ मा मलेसियामा भएको १०औँ अन्तर्राष्ट्रिय खुला करातेमा पनि स्वर्णपदक हात पारेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग आईपीएलमा रोमाञ्चक जीत हात पार्दै विजयी सुरुवात गरेको छ । आईपीएलको चौधौं संस्करणको

चेन्नइ । कोलकाता नाइट राइडर्सले १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । १

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन