देशभरका पत्रकार चितवनमा, राष्ट्रपतिबाट उद्घाटन हुने

२१ बैशाख २०७३, मंगलवार ११:३७ मा प्रकाशित

चितवन, २१ वैशाख । नेपाल पत्रकार महासङ्घको विधानसभा (केन्द्रीय साधारणसभा) मा सहभागी हुन देशभरका पत्रकार चितवनको रत्ननगरमा भेला भएका छन् । प्रादेशिक संरचनाअनुसार विधान संशोधनको प्रस्तावमाथि छलफल गर्न पत्रकार यसरी भेला भएका हुन् । चितवनको रत्ननगरस्थित स्टार बैंकटमा आजदेखि दुईदिने साधारणसभा आयोजना गरिएको छ । यसपटक पत्रकार महासङ्घको विधान २०६० को चौथो संशोधन हुन लागेको हो ।

साधारणसभामा शाखा, प्रतिष्ठान, एसोसिएट तथा विदेशी शाखाका सभासद् तथा शाखा अध्यक्ष गरी कुल एक हजार ६५१ जना सहभागी हुने पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिनुभयो ।

साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको स्थानीय व्यवस्थापन समितिका संयोजक हरिप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

आज बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधान सभाको उद्घाटन गर्ने कार्यक्रम रहेको डा विष्टले बताउनुभयो । रत्ननगरको स्टार बैंकटमा हुन लागेको कार्यक्रममा लागि अधिकांश पत्रकार चितवन आइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको