कतारको चलचित्र–महोत्सवमा एटीएम तगारो

२० असार २०६९, बुधबार २१:२८ मा प्रकाशित

राजन घिमिरे , काठमाडौ । गलत सोच, गलत नियत, गलत विचार र खराब उद्देश्य बोकेका केही चलचित्रकर्मीहरूका कारण यतिबेला अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली चलचित्रको छवि बिग्रन पुगेको छ । सिनेमाको नाममा अश्लीलता प्रस्तुत गर्ने अनि कला नभएर छाला देखाएर पैसा कमाउने गलत सोच बोकेर अश्लील चलचित्र बनाउनेहरूका कारण भदौ महिनामा कतारमा निकै भव्यताका साथ सम्पन्न हुन लागेको चलचित्र महोत्सव रोकिन पुगेको छ । ‘नेपालमा केही चलचित्रहरू नग्न र अश्लील बन्न थालेकोबारे जानकारी पाएपछि कतार सरकारले कतारमा हुन लागेको नेपाली चलचित्र महोत्सवका लागि स्वीकृति दिएन,’ चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले भने ।
महिलाको नग्नताप्रति निकै संवेदनशील हुने देश कतार अनि त्यस्ता सिनेमा बनाउन हौसिएका नेपाली चलचित्रकर्मीबीच यतिबेला तारतम्य नै नमिलेपछि विदेशमा नेपाली चलचित्रको बजार बृहत् हुने राम्रो अवसर गुम्न पुगेको छ । एटीएम, चपली हाइट, विन्दासजस्ता सी गे्रडका चलचित्र निर्माणको हल्लाले कतार सरकारले नेपाली चलचित्र महोत्सवप्रति चासो देखाएको हो । ‘विदेशमा नेपाली चलचित्र महोत्सव नेपाली चलचित्रकर्मीको ठूलो सपना थियो । त्यो सपना पूरा हुने समयमा केही फटाहाका कारण असफल भयो,’ पुराना चलचित्रकर्मी विनोद शेरचनको गुनासो छ ।
कतारमा नेपाली चलचित्र महोत्सवको अन्तिम तयारीमा जुटेको थियो चलचित्र विकास बोर्ड । अनि कतारमा रहेका नेपालीमा पनि आफू भएकै सहरमा नेपाली चलचित्र महोत्सव हुन लागेकोमा कम उत्साह र उमङ्ग थिएन । ‘तर केही सिनेमाका कारण यत्रो लगाव, मिहिनेत र परिश्रम पानीमा गयो,’ विकास बोर्ड चिन्ता प्रकट गर्दछ ।
यसरी कतारी सरकारले नेपाली चलचित्र महोत्सव गर्न रोकावट पैदा गर्नुको पछाडिको मूल कारण भने चलचित्र एटीएम नै भएको दाबी सिनेकर्मीहरू गर्छन् । सस्तो चर्चा र लोकप्रियता कमाउन खराब नियत बोकेकाहरूलाई फिल्म खेलाएर एटीएमका निर्माता दिनेश थापा र निर्देशक यादव सिलवालले ठूलो गल्ती गरे । कला क्षमता नभएपछि आफ्नो शरीरका संवेदनशील अङ्ग देखाउने अनि त्यस्तै भल्गर संवाद बोल्ने जिया केसी, सोनिया शर्मा र सविना कार्की पनि कतारमा हुन नसकेको नेपाली चलचित्र महोत्सवको कारण हुन् । सिनेमा खेल्ने लोभमा जे गर्न पनि तयार हुने एटीएमका कलाकार र प्राविधिकहरू धेरै भइसक्यो गुप्तबासमा बसेको । यो चलचित्रका नायक, नायिका, निर्माता अनि निर्देशक लाज र सामाजिक बहिष्कारका कारण कुनै सार्वजनिक कार्यक्रममा जान र उपस्थित हुन सकिरहेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित