
काठमाडौ, २० बैशाख । भ्रष्टाचारको अभियोगमा सर्वोच्च अदालतले नियन्त्रणमा लिएका साझा यातायातका अध्यक्ष एवम पत्रकार कनकमणि दिक्षितलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
पत्रकार दिक्षितकी पन्ति शान्ता दिक्षितले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै कायममुकायम न्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको संयूक्त इजलासले उनलाई रिहाइ गर्न आदेश दिएको हो ।
गत १० गते अख्तियारले पक्राउ गरेर नियन्त्रणमा राखेको दिक्षितलाई विशेष अदालतले १२ गते पक्राउ परेको म्यादबाट दश दिन थुनामा राख्न आदेश दिएको थियो । सो समय आजै सकिएको थियो ।
अख्तियारले पक्राउ गरेपछि एक दिन गौशालाको हिरासतमा रहे पनि भोली पल्टदेखि उनी उपचारको नाममा बीर अस्पतालको आईसीयूमा रहँदै आएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको
भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका
काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा