बनाइरहेको बम विस्फोट हुदा भारतमा चारको मृत्यु

२० बैशाख २०७३, सोमबार २३:०८ मा प्रकाशित

नयाँ दिल्ली, २० वैशाख, (एएफपी) । भारतीय राज्य पश्चिम बङ्गालको एक निजी घरमा बम बनाइरहेको अवस्थामा भएको विस्फोटमा परी चार जनाको ज्यान गएको छ ।

प्राप्त समाचारमा भारतको उक्त पूर्वी राज्यको एक घरमा बम बनाउने गरिएको र सोही क्रममा नै सोमबार भएको विस्फोटमा परी ती व्यक्ति मारिएका हुन् ।
पश्चिम बङ्गालको जउनपुरमा सो दुर्घटना भएको हो । उक्त घटनास्थल बङ्गलादेशको सीमा क्षेत्रमा पर्दछ ।
उक्त क्षेत्रको जियासु शेख नाम गरेका व्यक्तिको घरमा बम बनाउने गरिएको तथ्य पनि यस विस्फोटसँगै खुलेको समाचारमा जनाइएको छ ।
उक्त राज्यका एकजना प्रहरी उपरीक्षक सइद वाकर राजाले सञ्चारमाध्यमलाई सो जानकारी दिनुभएको छ ।
उहाँका अनुसार सो विस्फोटमा परी चारको ज्यान जानुको साथै अरु चार जना पनि नराम्ररी घाइते भएका छन् ।
घाइते हुनेमा बम बनाउने काममा सम्लग्न व्यक्ति परेका छन् । घाइतेको उपचार प्रहरी निगरानीमा भइरहेको बताइएको छ ।
पश्चिम बङ्गालमा यसै अप्रिल महिनामा स्थानीय निर्वाचन भइरहेको छ । सो निर्वाचन आगामी मे ५ मा अन्त्य हुने छ ।
निर्वाचनका समयमा हिंसात्मक घटना घटाउन यसरी निजी घरमा बम बनाउने गरिएको तथ्य खुलेको जानकारी पनि प्रहरी उपरीक्षण सइद वाकरले जनाउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार

प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उहाँको आफ्नै नगर काउन्सिलले निलम्बन गगरेको