जापानी हिमाल आरोहीको सार्वजनिक सम्मान

१८ बैशाख २०७३, शनिबार २२:३३ मा प्रकाशित

काठमाडौँ, १८ वैशाख । मनास्लु र ल्होत्से हिमालको हीरक महोत्सवको अवसरमा प्रथम मनास्लु आरोही मिनोरु हिगेटालाई राजधानीमा सार्वजनिक अभिनन्दन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, नेपाल पर्वतारोहण सङ्घ र काठमाडौँ महानगरपालिकाले आरोही हिटेगालगायत दुवै हिमाल आरोहण गर्ने अन्य आरोहीलाई सम्मान गरेको हो ।

शनिबार नारायणहिटी सङ्ग्रहालयमा आयोजित समारोहमा पर्यटन राज्यमन्त्री बलबहादुर महतले आरोहीहरुलाई अभिनन्दन र सम्मान गर्नु गर्दै नेपालको पहिचानलाई विश्वमा फैलाउन र नेपाल र जापानबीचको सम्बन्धलाई थप मजबुत बनाउन यो कार्यक्रम महत्वपूर्ण हुने बताए ।

सगरमाथा आरोहण गर्ने जापानी प्रथम महिला जुनको तावेइ, अन्य चर्चित आरोही सहभागी समारोहमा पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राई, पर्यटन व्यवसायीका संघसंस्थाका पदाधिकारी, महानगरपालिकाका प्रमुखलगायतको उपस्थिति रहेको थियो । पर्यटन सचिव राईले नेपालको पर्वतीय पर्यटन प्रवद्र्धनमा यस्ता कार्यक्रमले सहयोग पु¥याउने बताए ।

यसअघि मनास्लु–ल्होत्से हीरक महोत्सव मुल आयोजक समितिले टुँडिखेलदेखि कान्तिपथ, ठमेल, सोह्रखुट्टे, लैनचौर हुँदै नारायणहिटी सङ्ग्रहालयसम्म प्रभातफेरि आयोजना गरेको थियो । प्रभातफेरिमा हिगेटालगायत राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय हिमाल आरोहीको सहभागिता रहेको थियो । प्रभातफेरिमा नेपाली सेना, नेपाल प्रहरीका व्याण्ड बाजासहित सहभागी भएका गुरुङ, शेर्पा समुदायका व्यक्तिले आफ्नै वेशभूषा, संस्कृति झल्कने झाँकी प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला

काठमाडौं । हालै भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वादेश फर्किएका उनीहरुले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ३२ जना सांसदको पद खोस्न सूचि तयार पारेको छ । संघीय

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा खोप दिन सुरु गरेको छ । पहिलो चरणमा