नैरोवीमा भारी वर्षाबाट १४ को मृत्यु

१८ बैशाख २०७३, शनिबार २२:१८ मा प्रकाशित

नैरोवी, १८ वैशाख, (एपी) । केन्याको राजधानी नैरोवीमा भारी वर्षा भएको छ । शुक्रबार राति भएको सो वर्षाका कारण कम्तीमा १४ जनाको ज्यान गएको बताइएको छ ।
अकस्मात शुक्रबार राति भारी वर्षा भयो र त्यसमा परी कम्तीमा पनि १४ जनाको ज्यान नै गएको छ– नैरोवी प्रहरीले जनाएको छ ।
सो वर्षाले राजधानी नैरोवीको जनजिवन तहस नहस बनाएको छ । यस वर्षाका कारण कैयौं व्यक्ति घाइते तथा हजारौँ जना विस्थापित भएका पनि प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।
नैरोवीका प्रहरी प्रमुख जफेथ कुमले भनेका छन्– शुक्रबार रातभरिको अविरल वर्षाकै कारण त्यसमा परी १४ जनाको ज्यान गएका छ र अरु कैयौं विस्थापित भएका छन् ।
उनले वर्षाका कारण एउटा छ तल्ले भवन भत्किएको र त्यसमा रहेका सात जनाको घटनास्थलमै ज्यान गएको जानकारी दिए ।
पूर्वी नैरोवीको हुरुमा क्षेत्रमा यस्तो भिषण वर्षा भएको छ । वर्षाका क्रम शनिबार बिहान घटेपनि यसको खतरा भने नटरेको अधिकारीहरुको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो