योग्य एघार जिल्लाका घरधनीलाई पहिलो किस्ताको रकम ११ अर्ब रुपिया निकासा

१८ बैशाख २०७३, शनिबार १२:२४ मा प्रकाशित

काठमाडौँ, १८ वैशाख । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान सम्झौताका लागि योग्य घरधनीलाई पहिलो किस्ताको रकम उपलब्ध गराउन ११ जिल्लाका लागि रु ११ अर्ब ६७ लाख ७९ लाख थप रकम निकासा गरेको छ ।

गोरखा, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोक, दोलखा, रसुवा, ओखलढुङ्गा र सिन्धुली जिल्लामा जिल्ला समन्वय समितिद्वारा प्रकाशित सूचीअनुसारको रकम उपलब्ध गराउन थप निकासा गरेको प्राधिकरणले जनाएको छ ।

यसअघि र अहिले गरी प्राधिकरणले आवास अनुदानतर्फ रु १२ अर्ब ५९ करोड ७८ लाख ४२ हजार निकासा गरेको छ । पुँजीगत खर्चतर्फ केन्द्रीय आयोजना एकाइ शिक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास, सङ्घीय मामिला तथा स्थानीय विकास, सिँचाइ, खानेपानी तथा सरसफाइ, उद्योग, वन तथा भूसंरक्षण, रक्षा, कृषि विकास मन्त्रालय र सडक विभागबाट पेस हुन आएका कार्यक्रम स्वीकृत गरी रकम निकासा गरिएको छ ।

विपद्पछिको आवश्यकता आँकलन प्रतिवेदन (पिडिएनए) मा उल्लिखित सबै मन्त्रालय तथा निकायलाई आगामी आवका लागि आवश्यक पर्ने बजेट तथा कार्यक्रमको विवरण पेस गर्न प्राधिकरणले सबै मन्त्रालयलाई अनुरोध गरेको प्रवक्ता रामप्रसाद थपलियाले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली