सोमबारदेखि भूकम्प पीडितसँग अनुदान सम्झौता

१७ बैशाख २०७३, शुक्रबार २२:३४ मा प्रकाशित

काठमाडौ, १७ बैशाख । भुकम्प प्रभावित ११ जिल्लाका पीडितहरुसँग सरकारी अनुदान उपलब्ध गराउने विषयमा आगामि सोमबारबाट सम्झौता हुने भएको छ ।

राष्ट्रिय पुनन्निर्माण प्राधिकरणले आगामी सोमबारदेखि ११ जिल्लाका भूकम्प पीडितसँग घर निर्माणकोलागि अनुदान सम्झौता गर्ने तयारी गरेको हो ।

भूकम्पले अतिप्रभावित १४ जिल्लामध्ये उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर बाहेकका जिल्लामा घर बनाउनका लागि सरकारले अनुदान सम्झौता गर्न लागेको हो । हालसम्म ४५ सय घर धुरीकोलागि अनुदान सम्झौता गरिसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले घरधुरी सर्वेक्षण सकिएका ११ जिल्लामा अनुदान सम्झौता गर्न लागेको हो ।

प्राधिकरणले अनुदान रकम किस्ता बन्दीमा दिने छ । पहिलो किस्ता स्वरुप ५० हजार रुपैया उपलब्ध गराईने छ तर यसकोलागि घरको नक्सा पास भएको हुनु पर्नेछ ।
जग हालिसकेपछि दोस्रो किस्तास्वरुप ७० हजार र छाना छाउने बेलामा ८० हजार रुपैयाँ घर कूल २ लाख रुपैयाँ अनुदान दिने प्राधिकरणले जनाएको छ । सरकारी अनुदान लिनका लागि लाभग्राहीले अनिवार्यरुपमा बैंक खाता खोल्नुपर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटको नजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा