राजतन्त्र ब्युताउने खिचडी पाक्दै छ नयाँ दिल्लीमा, पूर्वराजा ज्ञानेन्द्र अकस्मात लागे दिल्ली दौडमा

१६ बैशाख २०७३, बिहीबार २३:२८ मा प्रकाशित

काठमाडौं, १७ बैशाख । काँग्रेस सभापति शेरबहादुर देउवा झन्डै दुई साता लामो नयाँ दिल्ली भ्रमण सकेर स्वदेश फर्केलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह बिहिबार साँझ अकस्मात् नयाँ दिल्ली हानिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको यसपटकको दिल्ली दौडलाई नेपाली राजनीतिमा निकै चासोका साथ लिईएको छ ।

नेपालको संविधानलाई लिएर मधेशी दल र अन्तराष्ट्रिय मंच मार्फत भारतले असन्तुष्टी जाहेर गरिरहेको वेला पूर्वराजा दिल्ली दौडाहमा निस्कनुले उनको राजनीतिक महत्वाकांक्षाले सकार रुप पाउन लगेकोत होइन ? यतिबेला अड्कलबाजीको बजार गर्माएको छ ।

स्रोतका अनुसार दिल्लीमा रहँदा शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज, भाजपाका हिन्दुवादी नेताहरु, आरएसएसका प्रभावशाली नेताहरु, काँग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलगायत नेपाल मामिलाका जानकार र अन्य पार्टीका प्रभावशाली नेताहरुसँग समेत भेटवार्ता गर्ने पूर्व निर्धारित योजना रहेको छ ।

दिल्लीमा पूर्वराजाले यसपटक राजतन्त्र पुनर्स्थापनामा भारतीय धारणा कस्तो छ भन्ने विषयमा भारतीय नेताहरुसँग आफ्नो प्रस्ताव सिधै राख्ने तयारी गरिएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको

काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

धनुषा । प्रदेश नम्बर २ को नामाकरण र स्थायी राजधानीका लागि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले प्रदेशसभा