म अरुण तेस्रो विरोधी होईन ः एमालेका नेता नेपाल

१६ बैशाख २०७३, बिहीबार २३:०८ मा प्रकाशित

ध्यान कुलुङ, संखुवासभा, १६ बैशाख । एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले राष्ट्रिय सहमतीको सरकार बन्नुपर्ने बताउनुभएको छ । वाना महोत्सव उद्घाटन गर्न सङ्खुवासभा पुग्नुभएको नेता नेपालले यस्तो बताउनुभएको हो ।
समृद्ध नेपाल बनाउनको लागि सबै दलहरु गोलबद्ध हुनुपर्ने र सबै दलहरु सरकारमा बस्नु पर्ने भएकोले राष्ट्रिय सरकार बनाउनु पर्ने नेता नेपालको भनाई थियो । केहि दल आन्दोलनमा गर्दै सडकमा उत्रिरहेको बेला सरकारमा हुने दलहरुले विकासको कुरा गरिरहँदा त्यो सम्भव नहुने नेता नेपालले बताउनुभयो । ‘हामीलाई विकास चाहिएको हो, यसका लागि ठुला साना सवै दल विकासको पक्षमा रहन राष्ट्रिय सरकोरको विकल्प छैन’ नेता नेपालले भन्नुभयो ।

फरक प्रसंगमा नेता नेपालले आफुलाई अरुण तेश्रोको विरोधी भनेर प्रचार गरिएकोमा उक्त कुरा तथ्यपरक नभएको बताउनुभयो । तत्कालिन अवस्थामा विश्व बैँकले सम्झौतापत्रमा दश ओटा बुँदामा नेपालको अहित हुने विषय बस्तु राखेकोले सो को संसोधनको माग गर्दा निर्माण कार्यले फेल खाएको बताउनुभयो । पछिल्लो पटक पहिलेको भन्दा नेपालको हितमा बिद्युत बन्न लागेकोले स्थानीयले छिटो निर्माणको लागि दबाव दिनुपर्ने उहाँले बताउनुभयो । हरेक ठेकेदारले बेलैमा काम सम्पन्न गर्न नसक्ने भएकोले स्थानीयले नै दवाब दिनुपर्ने बताउनुभयो । बेलैमा काम सम्पन्न नर्गर्ने ठेकेदारलाई दण्डीत गर्ने र बेलैमा काम सम्पन्न गर्नेलाई पुरस्कृत गर्ने ब्यवस्था गर्न सके राम्रो हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी