आर्थिक अवस्थाले पढ्न छाडेका पञ्चकन्याका किशोरीहरु कुखुरा पालनमा

२० असार २०६९, बुधबार १४:४५ मा प्रकाशित

ईलाम, २० असार । आर्थिक अवस्था कमजोर भएर पढन छाडेका इलाम पञ्चकन्या ९ जर्सिङगाउँका किशोरीहरु अहिले आय आर्जनका लागि कुखुरा पालन व्यवसायमा लागेका छन् । गाउँका २० जनाभन्दा बढि किशोरीहरु कुखुरापालन व्यवसाय गरेर बार्षिक प्रतिव्यक्ति पाँचदेखि १० हजार रुपैया सम्म आम्दानी लिन सफल भएका छन् । कुखुरा बेचेर आएको आम्दानिले अहिले उनीहरुले पञ्चकन्यास्थित तीनघरे बजारमा सामूहिक रुपमा सिलाई कटाई तालिम लिन व्यस्त भएका छन् । एकजनाले ४० वटा भन्दा बढि कुखुरा पाल्दै आएका छन् । आर्थिक अभाबका कारण पढाई समेत छाडेका ति किशोरिहरु मध्ये ४ जनाले पुन पढाईलाई निरन्तरता समेत दिएका छन् । यस्तै संस्थाकी व्यवस्थापक प्रमिला राईका अनुसार किशोरीहरुको आय आर्जनका लागि प्रोत्साहन दिनका लागि यो कार्यक्रम गाविसको ९ वटै वडामा पुर्याउने लक्ष्य राखेको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध