कांग्रेस अहिले सरकार गिराउने र बनाउने खेलमा छैन : कांग्रेस सभापति देउवा

१५ बैशाख २०७३, बुधबार २१:३८ मा प्रकाशित

काठमाडौँ, १५ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले अझ सक्रिय र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।

भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै देउवाले कांग्रेस अहिले सरकार गिराउने र बनाउने चलखेलमा नलागेको स्पष्ट पारे।

सभापति देउवाले लोकतन्त्रमा सशक्त प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने भएकाले कांग्रेसले प्रतिपक्षमै रहेर जनताका पक्षमा आवाज उठाइरहने उल्लेख गरे ।

‘भूकम्पपछिको पुनर्निर्माण र भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउने बारेमा संसद्मा जोडदारसँग कुरा उठाउछौँ’, सभापति देउवाले भने ।

पत्नी आरजु राणा देउवाको उपचारका लागि वैशाख ६ गते भारत गएका देउवा बुधबार स्वदेश फर्किएका हुन् ।

श्रीमती राणा भने दिल्लीमै उपचारार्थ छन् । श्रीमतीको उपचारका लागि गएका बेला आफ्नो पनि नाकको उपचार गरेको सभापति देउवाले जानकारी दिए ।

भारतमा रहँदा उनले भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

काठमाडौं । नेकपा एमालेले बल्खुमा पार्टी केन्द्रीय कार्यालयको नयाँ भवनको शिलान्यास गरेको छ । मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा