राष्ट्रसेवक गम्भीर भएर अघि बढ्नुपर्ने प्रधानमन्त्रीको भनाई

२० असार २०६९, बुधबार १४:४४ मा प्रकाशित


काठमाडौ, २० असार । सरकारले सेवानिवृत्त पदाधिकारीको अनुभव, ज्ञान, सीप र दक्षतालाई मुलुकको सार्वजनिक सेवाको प्रभावकारिताका लागि उपयोग गर्न आवश्यक प्रयास थालेको छ । सरकारले पहिलो पटक मुलुकको सार्वजनिक प्रशासनको उच्च तहमा पुगेका र दीर्घसेवा गरेका कर्मचारीसँग उनीहरूको अनुभवलाई राष्ट्रको सार्वजनिक प्रशासनको विकासमा उपयोग गर्न यस्तो प्रयास थालेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बिहान नेपाल सरकारका सेवा निवृत्त मुख्यसचिव, सचिव र विशिष्ट श्रेणीका पदाधिकारीसँग गरेको अन्तक्र्रियामा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सार्वजनिक प्रशासनको सुधारका लागि सरकार एकचित्त भएर लागेको बताउनुभयो । सरकारका सेवानिवृत्त र बहालवाला पदाधिकारीबीच भ्रातृत्व भावना विकास तथा अग्रजका अनुभव सार्वजनिक प्रशासनलाई समयानुकूल एवम् सेवामुखी बनाउन छलफल फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । सेवानिवृत्त कर्मचारीलाई राष्ट्रिय स्वयम्सेवक दलमा समाहित गर्ने सरकारको योजना रहेको सुनाउँदै प्रधानमन्त्रीले अन्तक्र्रियाका क्रममा प्राप्त सुझाव र सल्लाहलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यसचिव माधवप्रसाद घिमिरेले सेवानिवृत्त कर्मचारीबीच सद्भाव, सहयोग र सहकार्य गर्ने तथा उनीहरूबाट देशको सार्वजनिक प्रशासनको क्षेत्रमा पुगेको योगदानको सम्मान गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार