राष्ट्रपति र एमाले बरिष्ठ नेता नेपालबीच भेटवार्ता

२० असार २०६९, बुधबार १४:४२ मा प्रकाशित

काठमाडौ, २० असार । राष्ट्रपति डा रामवरण यादव र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज बिहान भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, बजेट तथा राजनीतिक गतिरोध अन्त्यका बारेमा छलफल भएको थियो । भेटपछि वरिष्ठ नेता नेपालले राष्ट्रिय सहमतिको अर्को सरकार गठनले मात्र मुलुकको बढ्दो राजनीतिक सङ्कटले निकास पाउने बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले एमाओवादी नेतृत्वको सरकारले देशलाई पीडा मात्र दिएको र यो सरकारले पूर्ण बजेट ल्याउन नसक्ने बताउनुभयो ।  उहाँले संवैधानिक सङ्कटमा फसेको सरकारलाई लम्बाएर देशलाई थप पीडा दिन नहुने धारणा राख्नुभएको थियो । संवैधानिक र राजनीतिक रुपमा फसिसकेको वर्तमान सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नभएको भन्दै वरिष्ठ नेता नेपालले सहमतिको पहल गर्न राष्ट्रपतिलाई आग्रह गर्नुभएको थियो । जवाफमा राष्ट्रपति डा यादवले आफू संविधानअनुसार चल्ने बताउँदै दलहरुबीच सहमतिका लागि नेताहरुले पहल गर्नुपर्ने विचार व्यक्त गर्नुभएको पनि नेता नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत