
काठमाडौँ । चलचित्र क्षेत्रमा चाहे त्यो हलिवुड होस वा कलिवुड विभिन्न किसिमका गशिप र विवादहरु सुन्न पाईन्छ । फिल्म चलिसकेपछि नायिका र नायकबीचको सम्बन्धमा र निर्माता निर्देशकबीचको सम्बन्धमा चिसोपना आएको खबर नौलो होईन ।
यद्यपी पछिल्लो समय दर्शकले निकै रुचाएको फिल्म ’प्रेमगीत’का निर्माता र नायकको सम्बन्ध नायिका पूजा शर्मासँग चिसिएको पाईएको छ । नेपालमा राम्रो आम्दानी गरेको फिल्म प्रेमगीत अहिले हङकङ, थाईल्याण्ड र सिंगापुर प्रदर्शनमा रहेको छ । फिल्मका निर्माता सन्तोष सेन नायक प्रदिप खड्कालाई लिएर विदेश घुमिरहेका छन् ।
आफू नेपालमा नै रहँदा विदेश नलगेको रिसको झोकमा नायिका पूजाले निर्माता सेन र नायक खड्कालाई फेसबुकबाट हटाएकी छिन् । थाईल्याण्डमा रहेका निर्माता सेनले यो खबर खुलासा गरेका हुन् ।
राम्रै रहेको सम्बन्धलाई पाखा लगाउँदै अघि बढेकी पूजाले किन यसो गरिने भन्नेमा नायक खड्का र निर्माता सेन अन्जान रहेको बताउँछन् ।
स्रोतका अनुसार निर्देशक र नायिकालाई पन्छाउँदै नायकलाई मात्र लिएर विदेश घुमेको आक्रोश पूजाको हुनसक्छ । फिल्मको निर्देशन सुदर्शन थापाले गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ
काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ
काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्
काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित