महाभूकम्पमा मर्नेहरुको सम्झनामा मृतआत्माहरुप्रति श्रदाञ्जली अर्पण गर्दै हङकङमा भूकम्प स्मृति दिवस सम्पन्न

१४ बैशाख २०७३, मंगलवार २३:२१ मा प्रकाशित

अनोज रोक्का, हङकङ । हङकङ नेपाली महासंघले एक बर्षिय भूकम्प स्मृति दिवस कार्यक्रम सम्पन्न गरेको छ । आजकै दिन बैशाख १२ गते गएको महाभूकम्पबाट आफ्ना आफन्त, परिवार र प्रियजन गुमाएकाहरुलाई समवेदना र मृतआत्माहरुप्रति श्रदाञ्जली अर्पण गर्न आयोजित कार्यक्रममा हङ्कङमा रहेका बिभिन्न नेपाली समाजका प्रतिनिधीहरु सँगै हङकङ नेपाली महावाणिज्य दुत कार्यालयबाट बलिराम धामी, हङकङ सरकारका उच्च पदस्थ अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

HK Nepal Earthquake remember 2कार्यक्रममा दिप प्रज्वलन गर्दै सवैले मौन धारण गरेका थिए । बिषम परिस्थीति बीच आस्थाको धरोहर उठाउँन संसारका नेपालीहरु एकजुट भएसँगै हङकङमा पनि स्मृति दिवसको आयोजना गरिएको महासंघ अध्यक्ष रिता गुरुङ् बताउँछीन । यससँगै हङ्कङ नेपाली समाज (हिन्स) ले पनि शोक सभाको आयोजना गरेको थियो ।

HK Nepal Earthquake remember 1यामाताई कम्युनिटी हलको बास्केटबल कर्भट हलमा आयोजित कार्यक्रममा नेपाली संघ, संस्थाका प्रतिनिधि सहित भेला भएका नेपालीहरुले भूकम्पले क्षतिग्रस्त भएको धार्मिक र सामाजिक सम्पदाहरुमा माल्याअर्पण सहित पुष्प गुच्छा चढाँएका थिए । कार्यक्रममा पूननिर्माणमा तगारुकता साथ लागि पर्नका लागि सरकारलाई ज्ञापनपत्र पनि बुझाउँने संस्थाका अध्यक्ष बिनय शाहले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र