उत्तर कोरियाले फेरि परीक्षण गर्दैछ: दक्षिण कोरियाली राष्ट्रपति

१४ बैशाख २०७३, मंगलवार २३:०४ मा प्रकाशित

सोल, १४ वैशाख, (एएफपी) । दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन हाइले उत्तर कोरियाले फेरि पनि अर्को पटक आणविक परीक्षण गर्ने तयारी पूरा गरेको बताउनुभएको छ ।

उत्तर कोरियाले पुनःअर्को ब्यालेस्टिक परीक्षण गर्ने तयारी गरिरहेको आशङ्का यसअघि पनि त्यहाँका सञ्चारमाध्यमले व्यक्त गरेका थिए ।

यसअघि पनि उत्तरको यस्तो आशङ्काका कारण राष्ट्रपति पार्क गेउन हाइले सेनालाई उच्च रुपमा सतर्क रहन निर्देशन दिनुभएको समाचारमा जनाइएको थियो ।

उत्तर कोरियाले पुनः अर्को शक्तिशाली आणविक परीक्षण गर्नसक्ने सङ्केत प्राप्त भएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । ती सञ्चारले दिएको जानकारीअनुसार उत्तर कोरियाले शुक्रबारै यस्तो परीक्षण गर्ने जनाएका छन् ।

गएको केही समययता आणविक परीक्षणका कारण विवादमा पर्दै आएको उत्तर कोरियाले फेरिपनि अर्को मध्यमदुरीको परीक्षण गर्न लागेको सूचना प्राप्त भएको दक्षिण कोरियाली राष्ट्रपति हाइले मङ्गलबार सोलमा जम्मा भएका सम्पदकहरुसँग बताउनुभयो ।

उत्तर कोरियाले अब अर्को पाँचौ पटक आणविक परीक्षण गर्ने तयारी पूरा गरेको सूचना आफूले पाएको बताउनुभयो ।

उत्तर कोरियाका विरुद्धमा पछिल्लो समयमा अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले नै लगाएको नाकाबन्दीका विरुद्ध फेरि उसले केही हप्तामात्र अघि अर्को परीक्षण गरेको थियो ।

उत्तर कोरियाले दुई हप्तामात्र अघि पनि यस्तै व्यालेस्टिक परीक्षण गरेको र त्यसअघिको तयारी थाहा पाएको भन्दै यतिखेर पनि उसले गरेको तयारीको बारेमा थाहा भएको सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाले गएको फेब्रुअरी ६ मा गरेको लामो दुरीको रकेट परीक्षणपछि पनि फेरि उत्तर कोरियाले अर्को व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ ।

गत महिना मात्र अघि संयुक्त राष्ट्रसङ्घले उत्तरका विरुद्धमा नाकाबन्दी गरेको थियो । सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको पनि जनाइएको थियो ।

पछिल्लो समयमा उत्तर कोरियाले एकपछि अर्कोगरी क्षेप्यास्त्र परीक्षण गर्दै गएपछि यसका कारण उत्तर र दक्षिण कोरियाकाबीचमा निकै ठूलो तिक्तता छाएको बताइन्छ ।

यस परीक्षणका कारण कोरियाली प्रायद्वीपमा नै ठूलो तनाव उत्पन्न हुदै आएको छ । यसले गर्दा विश्वको क्षेत्रीय राजनीतिमा पनि नयाँ ढङ्गले सोच्न थालिएका समाचारहरु प्राप्त भइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार