काँग्रेसको नेतृत्व र दृढ निश्चयका कारण संविधान जारी भएको हो: महामन्त्री कोइराला

१३ बैशाख २०७३, सोमबार २२:३५ मा प्रकाशित

भर्जिनिया, १३ वैशाख । दुई साता लामो अमेरिका भ्रमणको क्रममा न्युयोर्क हुँदै भर्जिनिया आइपुगेका नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले मधेसको माग काँग्रेसले मात्रै सम्बोधन गर्नसक्ने दावी गरेका छन् । आइतबार जनसम्पर्क समिति भर्जिनिया च्याप्टरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो दावी गरेका हुन् ।

VA Programसम्बोधनमा महामन्त्री कोइरालाले भने, ‘काँग्रेसकै अडान सहितको नेतृत्वले संविधान जारी भएको हो । सातदशक लामो अथक प्रयासबाट संविधान आएको छ हामि सबै खुसी छौ बाहेक मधेश ।’ उनले अगाडि भने, ‘अब काँग्रेसको पहलमा मधेशको असन्तुष्टि सम्बोधन गरेर संविधान कार्यान्वयन गर्ने जिम्मेवारी आएको छ ।’

NC VA 1महामन्त्री कोइरालाले गत महिना सम्पन्न सम्पन्न पार्टीको तेह्राँै महाधिवेशनले काँग्रेसमा भागबण्डाको राजनीति समेत अन्त्य भएको दाबी गरे । कोइरालाले भने, ‘आफ्नो दल नेपाली काँग्रेस सरकार परिवर्तनको पक्षमा नभएको तर निकम्मा सरकारका कारण व्याप्त कालोबजारी, भूकम्पपीडितको दुखदायी अवस्थाले सरकारको नैतिक आधार गुमेको छ ।’

VA Programजनसम्पर्क समिति अमेरिका अन्तर्गतको भर्जिनिया च्याप्टरका सभापति रामशरण हुमागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका उपसभापति केशव बराल, सदश्यहरु प्रमोद सिटौला, गोपाल बिश्वकर्मा लगायतका बक्ताहरुले महामन्त्री कोइरालाको पहलमा समितिको विवाद अन्त्य भएकोमा खुसी व्यक्त गरेका थिए ।

SHSHANK VAमहामन्त्री कोइराला भर्जिनियाको कार्यक्रम सकेर नायराफल्स, टेक्सास, क्यालिफोर्नियाको लसएन्जलस, सानडियागो, सनफ्रान्सिस्को हुँदै सिकागोबाट स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

(तस्बिर सौजन्य: बिजय थापा)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको