जङ्ली च्याउ खाएपछि गुल्मीमा ५ जना बेहोस

२० असार २०६९, बुधबार १३:३७ मा प्रकाशित

गुल्मी, २० असार । गुल्मीमा जङ्ली च्याउ खाँदा ५ जना बिरामी परेका छन् । हिजो साँझ जङ्गलबाट ल्याएको च्याउ खाएपछि अर्खले गाविसका बेलबहादुर परियार, उहाँकी श्रीमती पवित्रा परियार र छोरी कमला परियार बेहोस हुनुभएको प्रहरीले जनाएको छ । उहाँहरुको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार पछि पाल्पाको मिसन अस्पतालमा रिफर गरिएको छ । बिरामीहरुको पारिवारीक अवस्था कमजोर भएकोले जिल्ला अस्पताल तम्घासले झण्डै १० हजार रुपैँया सहयोग गरेको छ । त्यस्तै गल्मीकै दुबिचौरमा  च्याउ खाँदा २ जना बेहोस भएका छन् । दुबिचौर ३ बस्ने पबिकला घर्ती र उहाँका छिमेकी सन्तमा बिक बेहोस भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उहाँहरुको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या