अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको दुबईमा सम्पन्न बैठकले नेपाल क्रिकेट संघ निलम्बन

१३ बैशाख २०७३, सोमबार २१:५७ मा प्रकाशित

काठमाडौँ, १३ वैशाख । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विवादमा रहेको नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेको छ ।

यूएईमा सम्पन्न आईसीसीको बोर्ड बैठकले क्यानलाई निलम्बन गर्ने निर्णय लिएको हो । आधिकारिता विवाद अदालतमा रहेको र क्यानको नेतृत्वविहीन भएको भन्दै आईसीसीले आर्टिकल २.९ अनुसार नेपाल क्रिकेट संघलाई निलम्बन गरेको हो ।

आईसीसीले सरकार र राजनीतिक हस्तक्षेपका कारण क्यानमा स्वतन्त्र र निश्पक्ष चुनाव हुन नसकेको समेत ठहर गरेको छ ।

यस अघि क्रिकेट संघको एक समूहले साधारणसभा गर्दा राष्ट्रिय खेलकुद परिषदले मान्यता दिएको थिएन । त्यसको केही समयपछि परिषद्ले अर्को तदर्थ समिति बनायो । यसै बीच निर्वाचित समूह अदालतमा गएपछि आधाकारिकता विवाद सर्वोच्च अदालतमा पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर