राजधानीमा ८ वर्षीया एक बालक मृत फेला, हत्या भएको आशंका

२० असार २०६९, बुधबार १३:३६ मा प्रकाशित

काठमाडौ, २० असार । काठमाण्डौको कपन गाविसमा एक बालक मृत फेला परेका छन् । हिजो साँझबाट कोठाबाट हराएका ८ वर्षीया रदिप विश्वकर्माको शव आज फेला परेको हो ।  बिहान कपनको  वडा नं ४ को मनकामना हाईटस्थित खाल्टोमा जमेको पानिमा घोपटो परिरहेको अवस्थामा विश्वकर्माको शव भेटिएको हो । घटनाको प्रकृति हेर्दा कसैले मारेर फलेको  हुन सक्ने स्थानियबासिन्दाले अनुमान गरेका  छन् । मृतक बुबासँगै बस्दै आएका थिए । हिजो स्कुल बिदा भएकाले साथीहरुसँग घुम्न जान्छु भनि हिडेका बालक आज बिहान मृत अवस्थामा फेला परेका हुन । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शिवहरी बार्शिलले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ