क्याराभान हिरो थिन्लेको निधन

१२ बैशाख २०७३, आईतवार २३:१४ मा प्रकाशित

दुनै (डोल्पा), १२ वैशाख । बहुचर्चित चलचित्र ‘क्याराभान’का अभिनेता थिन्ले लेन्डुप लामाको घोडाबाट लडेर निधन भएको छ ।

सदरमुकाम दुनैबाट साल्दाङ गाविसस्थित घर जाने क्रममा फोक्सुन्डो गाविसअन्तर्गतको छेप्का र रयाचीको बीचबाटोमा घोडाबाट लडेर लामाको निधन भएको प्रहरीले आज जनाएको छ । उहाँ करिब ७५ वर्षको हुनुहुन्थ्यो ।

सन् १९९९ मा फ्रान्सेली निर्देशक इरिक भ्यालीद्वारा निर्देशित ओस्कारका लागि छनोट भएको उक्त चलचित्रमा थिन्लेले अभिनेताको भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत