स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्नुहोस: नेपाल

११ बैशाख २०७३, शनिबार २२:१९ मा प्रकाशित

काठमाडौँ, ११ वैशाख । एमाले नेता माधवकुमार नेपालले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

एमाले नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लामो समयदेखि स्थानीय निकायको निर्वाचन नहुँदा विकास निर्माणको काम अगाडि बढ्न नसकेको र भ्रष्टाचार मौलाएका कारण त्यसलाई नियन्त्रण गर्न पनि निर्वाचन जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘‘ स्थानीय निकायमा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएका कारण एमालेका हरेक कमिटीमा महिलालाई उचित स्थान दिएर अगाडि बढाउन जरुरी छ, प्रान्तीय, स्थानीय र केन्द्रीय निर्वाचन गरेर संविधानको पूर्ण कार्यान्वयन गरिनुपर्छ, त्यसका लागि एमालेले पूर्ण तयारी गर्नुपर्छ ।’’

स्थानीय निकायमा जाने बजेटको सदुपयोग गर्न र जनपक्षीय काम गर्न आग्रह गर्दै नेता नेपालले अन्य दलले गर्ने गलत काम र प्रवृत्तिको भण्डाफोर गरेर अगाडि बढ्न समेत कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नुवाकोट बिस्तारै आर्थिक केन्द्रका रुपमा विकास हुँदै गएको बताउँदै उहाँले रसुवा– केरुङ सडकखण्डको स्तरोन्नति र चिनियाँ रेल समेत सोही जिल्ला भएर आउने भएको तथा पेट्रोलियम पदार्थको भण्डारणका लागि नुवाकोट छानिएकामा खुसी व्यक्त गर्नुभयो ।

काठमाडौँ– नुवाकोट सुरुङ मार्ग, सडकको स्तर वृद्धि एवं कृषि, पर्यटन तथा जलविद्युत्मा समेत नुवाकोट अग्रणी भएको बताउँदै उहाँले आर्थिक विकासका लागि एमालेले नै नेतृत्व गर्नुपर्नेमा जोडदिनुभयो ।

एक फरक प्रसङ्गमा पार्टीलाई एकताबद्ध बनाएर लैजान नेता तथा कार्यकर्ताको अग्रणी भूमिका रहने उहाँको कथन थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक