
दमौली, ११ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन गर्न ओली सरकार असफल रहेको बताउनुभएको छ ।
तनहुँको रिसिङ रानीपोखरी गाविसस्थित सामुदायिक भवनको आज शिलान्यास गर्दै नेता पौडेलले मुलुकमा दिनानुदिन तस्करी, भ्रष्टाचार, महंँगी र कालोबजारी बढ्दै गए पनि नियन्त्रण गर्न नसक्नु वर्तमान सरकारको लाचारीपन हो भन्नुभयो ।
काँग्रेस सरकारमा जान नहतारिए पनि वर्तमान सरकारले गरेका गलत कामको भने प्रतिपक्षका रुपमा आफूहरुले प्रतिपाद गरिरहने पौडेलले बताउनुभयो ।
निर्वाचन क्षेत्र विकास समितिको रु १० लाख र रिसिङ गाविसका साथै अन्य सङ्घसंस्थाबाट प्राप्त रकम गरी रु एक करोडको लागतमा सो सामुदायिक भवन बन्न लागेको हो ।
यसैबीच नेता पौडेलले आज नै ‘सहयोगी हातहरु’ नामक संस्थाद्वारा साभुङमा आयोजित क्षमता अभिवृद्धि र नेतृत्व विकास कार्यक्रमको समेत उद्घाटन गर्नुभयो । रासस
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता
काठमाडौं । नेकपा एमालेले बल्खुमा पार्टी केन्द्रीय कार्यालयको नयाँ भवनको शिलान्यास गरेको छ । मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा
काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक