वैद्यको पक्षमा चीन

२० असार २०६९, बुधबार १२:५१ मा प्रकाशित


काठमाडौं, २० असार । ०५२ सालमा सशस्त्र सङ्घर्षको अग्रसरता लिने माओवादीका उन्नाइस नेताहरूमध्ये बहुमत सदस्यहरू नवगठित माओवादीको पक्षमा उभिएका छन् । त्यसबेला माओवादी केन्द्रीय समिति उन्नाइसजनाको थियो । प्रचण्ड महासचिव रहेको सो समितिका सदस्यहरूमध्ये पोष्टबहादुर बोगटी, हरिबोल गजुरेल, अग्नि सापकोटा र लोकेन्द्र मगर मात्र प्रचण्डको पक्षमा छन् । मोहन वैद्य किरण, सीपी गजुरेल, रामबहादुर थापा बादल, देव गुरुङ, पम्फा भुसाल, हरिभक्त क“डेल, नारायण शर्मा र दिनेश शर्मा नवगठित माओवादीमा छन् भने प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पक्षमा उनीसहित अर्का एक टोपबहादुर रायमाझी रहेका छन् । त्यसबेलाका केन्द्रीय सदस्यहरूमध्ये मातृका यादव मूल पार्टीबाट पहिले नै अलग्गिएका छन् भने फणीन्द्र आचार्य आन्दोलनबाट नै पलायन भइसकेको बताइन्छ । दण्डपाणि न्यौपाने युद्धकालमै बेपत्ता पारिएका थिए र यानप्रसाद गौतम पार्टीले दिएको सजाय भोग्ने क्रममा मारिएका थिए । सशस्त्र युद्धको सुरुवात गर्न ०५२ सालमा अग्रसरता लिने उल्लिखित उन्नाइसमध्ये बहुसङ्ख्यक अर्थात् आठजना नेताहरू नवगठित माओवादीमा एकजुट रहनुलाई सामान्य रूपमा लिन सकिने अवस्था छैन । वैद्य नेतृत्वको माओवादीमा सङ्गठित नेता–कार्यकर्ताहरू ज्यादा आक्रामक र आत्मविश्वासपूर्ण देखिएका छन् भने प्रचण्डको कित्ता रक्षात्मक मानसिकतामा छन् । यसैबीच अध्यक्ष मोहन वैद्य किरणलाई चीनले भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएपछि नवगठित माओवादीका समर्थकहरूमा उत्साह थपिएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको