विश्वका १७५ राष्ट्रद्धारा पेरिस सम्झौतामा हस्ताक्षर

११ बैशाख २०७३, शनिबार २२:१४ मा प्रकाशित

राष्ट्र्संघ, ११ वैशाख । विश्वका १७५ राष्ट्रका राष्ट्र प्रमुख, सरकार प्रमुख मन्त्रीहरु, विशेष प्रतिनिधिलगायत राजदूतले संयुक्त राष्ट्रसङ्घको सभा हलमा शुक्रबार पङ्क्तिवद्ध रहेर आ–आफ्नो देशको प्रतिनिधित्व जनाएँदै विश्वव्यापी जलवायु परिवर्तको गतिलाई कम गर्ने पेरिस सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा हस्ताक्षर गर्न पुगेका प्रतिनिधिको उत्साहजनक उपस्थितिले अब हस्ताक्षर गर्ने देशहरुको संसद्ले पनि यसलाई अनुमोदन गर्न सघाउ पुग्ने विश्वास लिइएको छ ।

सबै देशले प्रतिवद्धता अनुरुप सम्झौतालाई कार्यान्वयनमा ल्याउनका लागि जिम्मेवारी पूर्ण भूमिका निर्वाह गरेमा छिट्टै जलवायु समस्याले निम्त्याएका विद्यमान समस्यालाई कमी गर्न सकिने छ ।

सम्झौता लागु हुन मानव क्रिया कलापका कारण उत्सर्जन हुने हरित गृह ग्यासका लागि जिम्मेवार ५५ प्रतिशत अर्थात् ९५५ देशले० यसलाई अनुमोदन गर्नुपर्नेछ ।

संयुक्त राज्य अमेरिका, चीन, फ्रान्स लगायतका केही देशले यसै वर्ष सम्झौतालाई अनुमोदन गर्ने प्रतिवद्धता जनाईसकेका छन् ।

भावी पुस्ताको भविष्यसँग जोडिएको जलवायु सम्झौतामा हस्ताक्षर गर्न भएको उपस्थितिप्रति धन्यवाद व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनले हस्ताक्षरकर्ता देशले आ–आफ्नो मुलुकको संसदबाट यसलाई छिट्टै कार्यान्वयनमा ल्याउन सहयोग गर्नेमा विश्वास गर्नुभएको छ ।

यस्तै महासभाका राष्ट्रसङ्घ अध्यक्ष मोगेन्स लिकिटफले सम्झौता गराउन राष्ट्रसङ्घ महासचिव वान लगाएत विश्वभरका नेताहरूले खेलेको अथक भूमिकाको प्रशंसा गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतको राजधानी दिल्लीका ६ वटा मुख्य अस्पतालमा विरामीको जीवन रक्षाका लागि अतिआवश्यक अक्सिजन पूर्ण रुपमा सकिएको छ । अन्य अस्पतालहरुमा

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड