मुस्ताङको बोक्सीखोलामा चौरीको रगत पिउनेको घुइँचो

११ बैशाख २०७३, शनिबार ११:३० मा प्रकाशित

ज्ञानेन्द्र केसी, मुस्ताङ, ११ बैशाख । स्थानीय किसानको आयोजनामा वैशाख ५ गतेदेखि सुरु भएको चौँरीगाईको आलो रगत पिउन मुस्ताङको कोबाङ गाविसस्थित बोक्सीखोलामा सर्वसाधारणको घुइँचो लागेको छ । मेलामा रगत पिउन मुस्ताङका साथै म्याग्दी, पर्वत, बाग्लुङ र पोखराबाट समेत सर्वसाधारण पुगेका छन् ।

Chauri Blood Drink

हिमाली क्षेत्रमा पालिने चौँरीगाईको रगत पिएमा गानोगोला, वायुविकार, कमलपित्त, मर्केको, सुन्नेको र छालासम्बन्धी रोग निको हुने जनविश्वास छ । हरेक वर्ष आयोजना गरिने मेलाबाट आकर्षक आम्दानी हुने स्थानीय किसानले जानकारी दिएका छन् । हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔले, जटामसीजस्ता बहुमूल्य जडीबुटी खाएर चौँरीगाईको रगतले शारीरिक फूर्तिसमेत बढ्ने विश्वास गरिन्छ । विशेष प्रकारको चक्कुबाट रगत निकालेर प्रतिगिलास १ सय ५० मा रगत बिक्री भइरहेको छ । एउटा चौँरीबाट कम्तीमा पाँच गिलाससम्म रगत निकाल्न सकिन्छ ।

वैशाख २५ गतेसम्म सञ्चालन हुने मेलामा अहिलेसम्म झण्डै दुई हजार जनाले रगत पिइसकेको चौँरीपालन व्यवस्थापन समितिले जानकारी दिएको छ । मेला अवधिसम्म तीन हजारभनाद बढीले रगत पिउने अनुमान आयोजक किसानहरुले गरेका छन् । उनीहरुले मागको आधारमा चौँरीगाईको मासु पनि बिक्री गर्दै आएका छन् । स्थानीय किसानले विभिन्न किसिमका रोग निको हुने बताए पनि पशु अधिकारकर्मीले भने त्यसमा कुनै वैज्ञानिक सत्यता नभएको र पशु अधिकार हनन भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर