बजेट जेठ १५ गते ल्याउने तयारी

११ बैशाख २०७३, शनिबार १०:५७ मा प्रकाशित

विराटनगर, ११ वैशाख ।  अर्थमन्त्री विष्णु पौडेलले आगामी बजेट आर्थिक समृद्धिको जग बन्ने दाबी गर्नुभएको छ । विराटनगरमा शुक्रबार मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङद्वारा आयोजित पूर्वबजेट छलफल कार्यक्रममा उद्योगी–व्यवसायीले उठाएका सवालको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । निजी क्षेत्रका प्रतिनिधिसँगको छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले सबै राजनीतिक शक्तिको अबको एजेन्डा आर्थिक विकास रहेको बताउँदै सरकारले त्यसैलाई विशेष जोड दिने बताउनुभयो । नयाँ संविधानको कार्यन्वयन गराउन सक्ने बजेट ल्याउन चुनौतीपूर्ण रहेको छ तर हामीले आर्थिक समृद्धिको जग यहीँ बजेटमार्फत बसाल्नु पर्नेछ, अर्थमन्त्री पौडेलले भन्नुभयो, सरकारको कार्यसूची आर्थिक योजना र देशको समृद्धि हो ।

उहाँले नयाँ बजेट आगामी जेठ १५ गते सार्वजानिक गर्ने गरी तयारी भइरहेको बताउँदै अर्थमन्त्रीले विशेष परिस्थिति र परिवेशलाई बजेटले सम्बोधन गर्नुपर्ने औँल्याउनुभयो । उहाँले निजी क्षेत्रका सवालमा सरकार गम्भीर रहेको बताउँदै राष्ट्र निर्माणमा प्रत्यक्ष संलग्नता राख्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।
उद्योगी व्यवसायीले पूर्वाञ्चल क्षेत्रको विकासलाई समेट्न माग गर्दै संयुक्त सुझाव राख्नुभएको थियो । क्षेत्रीयस्तरीय पूर्व बजेट छलफल कार्यक्रममा पूर्वाधार, ऊर्जा सङ्कट समाधान, कृषि र पर्यटन विकास लगायतका विषय समेट्न माग गरिएको छ । यसैगरी, राजस्वको सुधारको माग गर्दै आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र भन्सार महसुललाई समानुकूल सबलीकरण र सरलीकरण गर्न माग गरिएको छ ।
सुझावमा विराटनगरमा चक्रपथ निर्माण, चीनसँगको व्यापार सहजीकरणका कारण विराटनगर–किमाथाङ्का सडकलाई प्राथमिकता दिन माग गरिएको छ । यसैगरी, विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने बजेट माग गरिएको छ । ऊर्जा सङ्कट समाधानका लागि प्रसारण लाइनको स्तरोन्नति, सुनसरीको बेलगछिया र ढल्केबरमा सबस्टेसन निर्माण, विशेष आर्थिक क्षेत्र घोषणा र पूर्वाधार निर्माणका लागि समेत बजेटमार्फत समेट्न सुझाव पेश गरिएको छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले उद्योगी व्यवासायी अब राष्ट्रसेवकको संज्ञा पाउन तयार रहेको बताउँदै सरकारले सम्मानजनक व्यवहार गर्नुपर्ने बताउनुभयो । उहाँले उद्योगी र व्यवसायीले कालोबजारी र मजदुरमाराको संज्ञा हटाउँदै राष्ट्रका सच्चा नागरिक भएको प्रमाणित गरेर देखाउने बताउनुभयो ।
राजस्व सचिव राजन खनालले आगामी बजेटले आर्थिक वृद्धिलाई योगदान गर्ने खालको हुने बताउनुभयो । उहाँले अहिलेको कर नीति लगानी मैत्री रहेको बताउँदै व्यापार पारदर्शितामा मात्र सम्भव हुने बताउनुभयो ।
मोरङ व्यापार सङ्घका अध्यक्ष पवन सारडाले बन्द, नाकाबन्दी लगायतले व्यवसायी मारमा परेको बताउँदै सरकारले त्यो नोक्सानीलाई बुझिदिनुपर्ने माग गर्नुभयो ।
यसैगरी, उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालले देशको समृद्धिका लागि बजेट महìवपूर्ण हुने भएकोले सबैका भावना समेटेर अगाडि बढ्न जोड दिनुभयो ।
छलफलमा उपस्थित अधिकांश उद्योगी व्यवसायीले समग्र देशको उत्पादन वृद्धि गर्नका लागि बजेटले प्राथमिकता दिनुपर्ने सुझाव राख्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको