नयांदिल्लीमा नेपाली विद्यार्थीको मृत्यु

२० असार २०६९, बुधबार १२:४० मा प्रकाशित

नयां दिल्ली, असार २० । सुदुरपश्चिम धनगढी चौराहा घर भएका जितेन्द्र शाह नामक एक विद्यार्थीको भारतको राजधानी नयांदिल्लीमा सोमबार सडक दुर्घटनामा मृत्यु भएको छ । सडक पार गर्ने क्रममा तीब्र गतिमा आएको इन्फिल्ड बुलेट मोटरसाइकलले जितेन्द्रलाई ठक्कर दिएर भागेको प्रत्यक्षदर्शी एवम् उनका साथी विजय त्रिपाठीले जानकारी दिएका छन् । जितेन्द भारतीय बोर्ड इन्स्ट्च्युट अफ चार्टर्ड एकाउण्टेन्ट्स् अफ इण्डियाअन्तर्गत अध्ययन गरिरहेका छात्र भएको बताइएको छ ।
विजयका अनुसार दुर्घटना भएको दुई दिन बितिसक्दा पनि ठक्कर दिने मोटरसाइकलका चालकलाई स्थानीय प्रहरीले फेला पार्न सकेको छैन । मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका जितेन्द्रको लालबहादुर शास्त्री अस्पतालमा मृत्यु भएको थियो । साथीको मृत्युपछि आक्रोशित नेपाली विद्यार्थीहरुले स्थानीय प्रहरीले पर्याप्त सहयोग नगरेको गुनासोसहित स्थानीय सकरपुर प्रहरी थानामा एफआइआर दर्ता गराएका छन् । उनीहरुले हिजो मंगलबार लक्ष्मीनगर क्षेत्रमा दुई घण्टा सडक समेत अवरुद्ध पारेका थिए भने हिजो नै कार्यवाहक राजदूत खगनाथ अधिकारीलाई घटनाको जानकारी दिई सहयोगका लागि आग्रह गरेका थिए । अधिकारीले घटनाका सम्बन्धमा भारत सरकारलाई अनुरोध गर्ने जवाफ दिए पनि आवश्यक कारबाही अघि बढ्न नसकेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्यूठानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु

काठमाडौँ । सरकारले ११ देशमा राजदूत नियुक्तिको तयार गरेको छ । लामो समयदेखि राजदूत पद रिक्त रहेका ५ देश र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा