अलबिदा! पत्रकार बार्बरा एडम्सको ८५ बर्षको उमेरमा शुक्रबार राति देहावसान

१० बैशाख २०७३, शुक्रबार २२:४० मा प्रकाशित

काठमाडौँ, ११ वैशाख । नेपाल र नेपालीलाई औधी माया गर्ने अमेरिकी चेली नेपाली बुहारी बार्बरा एडम्सको ८५ बर्षको उमेरमा शुक्रबार राति देहावसान भएको छ । अमेरिकी नागरिक बार्बरा एडम्स ३० बर्षको उमेरमा पहिलो पटक नेपाल आएकी थिइन् । स्वर्गीय अधिराज कुमार बसुन्धरा शाहसंग प्रेम बिबाह गरेर नेपाल बस्न सुरु गरेकी सन्चारकर्मी बार्बरा एडम्सले ८६ बर्ष टेक्नु २ दिनअघि शुक्रबार राति भौतिक रुपमा देह त्याग गरेकी छिन ।

Barbaraस्वर्गीय राजा बीरेन्द्र शाह र पूर्व राजा ज्ञानेन्द्र शाहका कान्छा काका बसुन्धरा शाहकी धर्म पत्नी बार्बरा एडम्सलाई सम्पत्ति र सम्मान दिनुपर्ला भनेर शाही शासनकालभरि नेपालको नागरिकता समेत दिइएन बरु उल्टै उनलाई पटक पटक देशनिकाला गरियो र पनि उनले नेपाल छाडिनन् । माइतीको सम्पत्ति बेचेर बैतडीका दलित र सुकुम्वासीहरुको निम्ति घर बनाइदिइन् । नेपाललाई उनकै सब्दमा आफुलाई भन्दा बढी मायाँ गर्थिन । पत्रकार किशोर श्रेष्ठ लेख्छन, ‘नेपाल र नेपाली प्रति तिमीले जिवन पर्यन्त देखाएको प्रेमको निम्ति तिमीलाई सलाम बार्बरा ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ३२ जना सांसदको पद खोस्न सूचि तयार पारेको छ । संघीय

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा खोप दिन सुरु गरेको छ । पहिलो चरणमा

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल