आर्मी पोखरा कपको फाइनलमा

१० बैशाख २०७३, शुक्रबार २१:३० मा प्रकाशित

पोखरा, १० बैशाख । आर्मी मनकामना केबुलकार पोखरा कपको फाइनलमा प्रवेश गरेको छ । उसले बिहीबार धरान फुटबल क्लबलाई १–० ले हरायो । अब उसले उपाधिका लागि शनिबार चिरपरिचित प्रतिद्वन्द्वी मनाङ–मस्र्याङ्दीको सामना गर्नेछ । मनाङ बुधबार विभागीय टिम एपीएफलाई हराएर उपाधि नजिक पुगिसकेको छ ।

आर्मीको जितमा फरवार्ड नवयुग श्रेष्ठले निर्णायक गोल गरे । उनले ५० औं मिनेटमा पाएको अवसरलाई खेर फालेनन् । आर्मीका कप्तान भरत खवासले विपक्षी रक्षापंक्तिका खेलाडीलाई छक्काएर दिएको पासलाई नवयुग श्रेष्ठले पोस्टको दिशा दिए ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफमा धरान सम्हालिन नसक्दा हार बेहोर्न बाध्य भयो । आर्मीका कप्तान भरत खवासले खेल सुरु भएको पाँचौं मिनेटमा वान–भर्सेज–वान को अवसर खेर फालेका थिए । त्यस्तै ३८ औं मिनेटमा नवयुग श्रेष्ठको प्रहार विपक्षी गोलरक्षक विनय श्रेष्ठले बचाउ गरेका थिए । नवयुग गोल गर्ने तीन राम्रा अवसरमा चुकेका थिए । आर्मीका पदम तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए ।

झापा गोल्डकपमा आयोजक झापा–११ लाई पराजित गर्दै उपाधि जितेको आर्मी आहा–रारा कप र हेटौंडामा मनाङदीसँग फाइनलमा पराजित भएको थियो । धरानले गोलको मौका चुकाउँदा आर्मीसँग बराबरी गर्ने अवसर गुमायो । धरानका लक्ष्मण रुचालको ‘वान–भर्सेज–वान बल’ लाई आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गरेका थिए । खेलको अन्ततिर धरानले अर्को मौका पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेन । धरानले सुरुदेखि आर्मीसँग प्रतिस्पर्धात्मक खेल खेले पनि गोलको अवसर सिर्जना गर्न सकेन ।

केही राम्रा अवसरमा चुक्दा जित हासिल गर्न कठिन भएको आर्मीका प्रशिक्षक मेघराज केसीले बताए । ‘मैदान प्रवेश गरेपछि धेरै खेलाडी घाइते भए,’ उनले भने, ‘खेलाडी धमाधम परिवर्तन गर्नुपरेकाले पनि खेलको तालमेल मिल्न सकेन ।’ उनले फाइनलमा मनाङ जस्तो सशक्त टिमसँग जित्ने उद्देश्यसाथ खेलाडीलाई तयार पारिने बताए ।

पहिलो हाफमा पाएको मौका सदुपयोग गर्न नसक्नु नै हारको कारण भएको धरानका प्रशिक्षक सुवास केसीले बताए । ‘अनुभवी खेलाडीसँग पनि हाम्रा खेलाडीले राम्रो खेल देखाए,’ उनले भने, ‘आर्मीका खेलाडीलाई मार्क गरेर खेल्न नसक्दा गोलको अवसर सिर्जना हुन सकेन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले पञ्जाब किङ्सलाई ६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । प्रतियोगितामा पहिलो जित हासिल