राजदूत सिफारिसमा भएको दलीय भागवन्डाको सर्वोच्चद्धारा कारण माग

१० बैशाख २०७३, शुक्रबार २१:१० मा प्रकाशित

काठमाडौ, १० बैशाख । सर्वोच्च अदालतले राजदूत नियुक्तीमा दलीय भागडन्डा गर्नुको कारण माग गरेको छ । कामु प्रधानन्यायाधीश सुशीला कार्कीको इजलाशले १५ दिनभित्र सिफारिस गर्नुको कारण र आधार लिखित रुपमा पेश गर्न आदेश दिएको हो ।

सर्वोच्चको आदेशमा राजदुतमा सिफारिस भएका व्यक्तिहरुको विषयमा छलफल गर्न आउन समेत सर्वोच्चले भनेको छ ।
संविधानको धारा २२८ र ४२ मा रहेको समावेशी सम्वन्धी सिद्धान्तको उल्लंघन हुने गरि राजदूतको सिफारिस भएकाले तत्काल अन्तरिम आदेश जारी भई रोकिनुपर्ने माग रिटमा गरिएको थियो ।
नयाँ संविधानको समावेशी सिद्धान्त अनुसार सवैधानिक अङ्ग र पदाधिकारी तथा राजदूतको नियुक्ती हुनुपर्नेमा उक्त व्यवस्थाको पालना नभएको भन्दै अधिवक्ता रक्षाराम हरिचनले वुधवार रिट दर्ता गराएका थिए । रिटमा खस आर्यको बहुमत रहेको र आदिवासी जनजाती ,मुस्लिम तथा महिलाको प्रतिनिधीत्व संविधानमा भएको व्यवस्था भन्दा न्यून रहेको रिटमा दावी गरिएको थियो । तर सर्वोच्चले दुवै पक्षको छलफलपछिमात्र उक्त विषयमा निर्णय गर्ने भनेको छ।
सरकारले लामो समयदेखि रिक्त रहेको राजदूत पदमा विभिन्न दलहरुको सिफारिसमा २१ जनालाई सिफारिस गरेको थियो । मन्त्रिपरिषद बैठकले मंगलबार कूटनीतिक सेवा (परराष्ट्र) बाट ८ र विभिन्न राजनीतिक दलको भागबन्डाका आधारमा १३ गरी २१ जनाको नाम राजदूतमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या