
मेक्सिको सिटी, १० वैशाख । दक्षिणपश्चिमी मेक्सिकोमा अवस्थित एक पेट्रोरसायन कारखानामा भएको शक्तिशाली विस्फोटनमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २४ पुगेको छ ।
उक्त जानकारी राज्यद्वारा सञ्चालित तेल कारखाना इनर्जी जाइन्ट पेमेस्का अधिकारीहरुले दिएका छन् ।
इनर्जी जाइन्ट पेमेस्का अधिकारीहरु बिहीबार कारखानामा पस्न सफल भएपछि त्यहाँभित्र काम गर्ने २४ कामदारहरु को मृत्यु भएको बताएका छन् ।
सरकारी अधिकारीहरुले सुरुमा यस विस्फोटमा परी तीनको मृत्यु भएको बताएको थियो । पछि पुनः १३ को मृत्यु भएको जनाकारी दिएको थियो । सो सङ्ख्या बढेर २४ पुगेको बताइएको छ ।
भेराक्रुज राज्यका गभर्नर जाभिएर डुआर्तेले व्यस्त कारखानामा विस्फोट हुँदा कारखानामा कार्यरत करिब तीन दर्जन कर्मचारी घाइते भएका जानकारी दिनु भएको छ ।
कारखानामा भएको भीषण विस्फोटपछि लागेको आगो निभाउन अग्नी नियन्त्रकहरूले घण्टौँ प्रयास गनुपरेको थियो । घण्टौको प्रयासपछि पूर्णतया नियन्त्रणमा आएको पनि गभर्नर जाभिएर डुआर्तेले बताउनु भएको थियो । एएफ्पी
प्रतिक्रिया
सम्बन्धित खवर
विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ
साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार
म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो