संसदीय टोलीलाई लन्डन दूतावासमा रात्रिभोज 

१० बैशाख २०७३, शुक्रबार ०५:२४ मा प्रकाशित

लन्डन । सभामुख ओनसरी घर्तीमगर नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई बेलायतस्थित नेपाली राजदूतावासले ‘रिसेप्सन’ दिएको छ ।

लन्डनस्थित दूतावास भवनमा भएको रिसेप्सनमा सभामुखसहित चार प्रमुख दलका प्रमुख सचेतकहरु सहभागी थिए । सभामुख नेतृत्वको ७ सदस्यीय प्रतिनिधिमण्डल यतिखेर बेलायत भ्रमणमा छ । यसैबीच सभामुख नेतृत्वको प्रतिनिधिमण्डललाई यसअघि ब्रिटिस ग्रुप इन्टर पार्लियामेन्ट्री युनियनले सोमबार सांझ संसद भवनमा ‘रिसेप्सन’ दिएको थियो ।

कार्यक्रममा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, थर्ड सेक्रेटरी बाबुकाजी डंगोल, मिलिट्री अट्याची प्रदीपजंग केसी, गैर आवासीय नेपाली संघ युरोप संयोजक कुल आचार्य, गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष मुछेत्र गुरुङ,नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगर, नेपलिज सेफ एसोसिएसन यूके अध्यक्ष कृष्ण तिमिल्सिना, नेपलिज क्याटरर्स एसोसिएसन यूके अध्यक्ष विजय थापा, भूपू गोर्खा नेताहरु कृष्ण राई, मेजर रि. मानबहादुर राई लगायत सहभागी थिए ।

प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकाल, एनेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक दीलनाथ गिरी, संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र सचिव मुकुन्दप्रसाद शर्मा छन् ।

प्रतिनिधिमण्डलले बुधबार नर्दन आयरल्याण्डको संसद, कज वे इन्सटिच्युट अन द नर्दन आयरल्याण्ड कन्फ्लिक्ट, पुलिस सर्भिस अफ नर्दन आयरल्याण्ड जस्ता विभिन्न निकाय र नेपाली समुदायसंग छलफल गर्ने कार्यक्रम छ । प्रतिनिधिमण्डल २२ अप्रिलमा लन्डन फर्केर भोलिपल्ट सांझ स्वदेश फर्कंदैछ । (फोटो: शीव भण्डारी)

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र