मधेशी समुदायलाई गरिएको भेदभाव संबिधान संसोधन मार्फत संबोधन गर: अमेरिका

१० बैशाख २०७३, शुक्रबार ०३:०९ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लस-एन्जलस १० बैशाख । संयुक्तराज्य अमेरिकाले नेपालको संबिधानमा मधेशी समुदायलाई गरिएको भेदभावपूर्ण व्यवहारको आलोचना गर्दै सिघ्र आन्दोलनरत मधेशी दलहरुसंग संवाद गरी दिर्घकालिन राजनीतिक समस्याको समाधान गर्न आग्रह गरेको छ । अमेरिका भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं पराष्ट्रमन्त्री थापा मार्फत नेपालको संबिधानमा मधेशी महिलाको नागरिकताको हकमा भएको भेदभावपूर्ण व्यवहार र मधेशी समुदायलाई गरिएको उपेक्षालाई संबिधान संसोधन मार्फत सम्बोधन गर्न समेत अमेरिकाले निर्देशनात्मक आग्रह गरेको छ । स्रोतले दिएको जानकारी अनुसार आगामी साता २५ अप्रिलमा अमेरिकी पिस इन्स्च्युटले वाशिंगटन डिसीमा आयोजना गर्ने ‘नेपालको भुकम्प र एक बर्ष विषयक’ कार्यक्रममा सहभागी हुन आएका उपप्रधानमन्त्री थापालाई अमेरिकी अधिकारीहरुले त्यस अघि भएको अनौपचारिक भेटमा नेपाल सरकारले भुकम्प प्रभावित क्षेत्रमा अझै पुनर्निर्माण र पुनर्स्थापना कार्य सुरु नगरेकोमा समेत नेपाल सरकारको ध्यान आकृष्ट गरेका थिए । यस अघिनै नेपालस्थित अमेरिकी राजदुत एलाइना बि. टोपेजले नेपालको संबिधानमा मधेशी महिलाको नागरिकताको हकमा भएको भेदभावपूर्ण व्यवहारको अमेरिकी असतुष्टि सार्वजनिक गरेकी थिइन् । अमेरिका भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं पराष्ट्रमन्त्री थापासंग आगामी साता दक्षिण एशिया मामला सम्बन्धि अमेरिकी सहायक विदेश मन्त्रि निशा देशाई बिस्वालले नेपालको पछिल्लो घटनाक्रम, मधेशी मुद्धा  र भुकम्प प्रभावित क्षेत्रमा भैरहेको पुनर्निर्माण कार्यको ढिलाई बारे छलफल  सवाल जवाफ हुने स्रोतको दावी छ । स्मरण रहोस गत बर्षको अप्रिल महिनामा गएको शक्तिशाली भुकम्प पछि तत्कालै अमेरिकी सरकारले १० मिलियन डलरको आर्थिक सहायता घोषणा गर्दै लस-एन्जलस र भर्जिनियाको फायर बिग्रेड र ६ ओटा हेलिकप्टर मार्फत उद्धारमा सहभागिता जनाएको थियो । त्यसै गरी अमेरिकामा रहेका नेपालीहरुको हितमा टेमप्रोररी प्रोटेकटेड स्टाटस (टिपीएस) सुबिधा प्रदान गरेको थियो भने यस बर्ष नेपाली हस्तकला र गार्मेन्टलाई अमेरिकी बजारमा निर्वाध प्रवेशको लागि सुन्य भन्सार सुबिधा प्रदान गरेको थियो । यस्तै अमेरिकी विकास साझेदारीमा नेपाललाई उच्च प्राथमिकता राख्दै तीन वर्ष भित्रमा झन्डै ५० अरब नेपाली रुपियाँ राशिको सहायता प्रदान गर्ने बिल समेत हाउस र काँग्रेस बाट अनुमोदन गरी कार्वान्यन तहमा पुगेको छ । भूगोलको दुरीमा टाढा रहेको महाशक्ति राष्ट्र अमेरिकाले नेपालका छिमेकीहरुको तुलनामा पुर्याएको योगदान र सहयोग अतुलनिय रहेको अवस्थामा सामाजिक न्याय र समानुपातिक विकास प्रणाली र संबिधानमा मधेशी समुदाय प्रति भएको उपेक्षा प्रति अमेरिकी चासो सम्बोधन गर्ने तर्फ ध्यान नपुर्याएको वर्तमान सरकारका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाको यो भ्रमणले अमेरिकी सहयोग र द्विपक्षीय सम्बन्ध मजबुत बनाउन उल्लेखनीय भूमिका निर्बाह गर्ने छ भन्ने अपेक्षा गर्नु निरर्थक हुने नेपाल जानकारहरुको भनाई रहेको छ । लामो समय देखि दुई छिमेकीहरु चिन र भारतको वक्रदृष्टि, दवाव र चेपुवामा परेको नेपालले जारी राजनीतिक संक्रमणबाट उन्मुक्ति, पुनर्निर्माण, विकास प्रक्रियामा चाहिने सहायता र नेपाललाई आवश्यक अन्तराष्ट्रिय समर्थनको लागि महाशक्ति अमेरिकाले देखाएको सद्भावको उपयोग गर्न अमेरिकी चासोमा ध्यान दिनु जरुरी रहेको परराष्ट्र विदहरुको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर